Comments Add Comment

७ वर्षकी छोरीका लागि बाबुले किनिदिए ५ अर्बको हिरा

Hera
आफ्ना छोराछोरी सबैभन्दा प्रिय । त्यहीँ भएरै होला हंगकंगका एक अर्बपतिले छोरीका लागि झण्डै ५ करोड रुपैयाँको निलो हिरा किनेर उपहार दिएका छन् ।

उद्योगपति जोसेफ लाउले आफ्नी ७ वर्षकी छोरीलाई उपहार दिनका लागि औँठीमा जडित १२.०३ क्यारेटको उक्त बहुमुल्य हिरा किनेका हुन् ।

उक्त हिरा हालै स्विजरल्याण्डको जेनेभामा झण्डै ४ अर्ब ८५ करोड रुपैयाँमा लिलामी भएको हो । जोसेफ लाउले उक्त बहुमुल्य हिराको नाम आफ्नी छोरीको नामबाट ब्लु मुन अफ जोसेफिन राखेका छन् ।

यो हिरा विश्वमा अहिलेसम्मकै सबैभन्दा महंगो हिरा बन्न सफल भएको छ । यसअघि सन् २०१० मा जेनेभामै २४.७८ क्यारेटको गुलाबी हिरा द ग्राफ्ट पिंक झण्डै ४ अर्ब ६० करोड रुपैयाँमा बिकेको थियो ।

घरजग्गा व्यवसायी रहेका लाउले यसअघि पनि छोरीका लागि १६.८ क्यारेटको गुलाबी हिरा, ७.०३ क्यारेटको निलो हिरा पनि किनेका थिए ।

उनीमाथि सन् २०१४ मा कालो धन राखेको अभियोगमा पाँच वर्षको जेल सजाय पनि भएको थियो । तर उनी हंगकंगमा रहेका तर मकाउको अदालतले त्यस्तो सजाय सुनाएकोले सुपुर्दगी सन्धीको अभावमा अहिलेसम्म उनले जेल सजाय काट्नु परेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment