Comments Add Comment

पहिले कट्रिनालाई हेप्थे, अहिले कट्रिनाले हेप्छिन्

katrina

मुम्बई । ‘चमेली’को शेटमा सर्टका लागि कसरि तयार भएकी थिइन् करिना कपुर ? एक पहेली लीलाको सुटिङका लागि आधारातमा सन्नी लियोनीले के गर्नु पर्‍यो ?

पापको सिन सुटिङ गर्दा जोन अब्राहमलाई स्पटब्वाईले बोत्तलमा पानी ल्याएर कसरी रुझाएका थिए ?  यस्ता धेरै दृष्यको साक्षी बसेका छन् फोटोग्राफर फौजान हुसेन । यीनै तस्वीर सहितको उनको पुस्तक पनि सार्वजनिक भएको छ ‘द सिल्वर स्क्रिन एण्ड बियोण्ड’ । यी तस्बिर खिच्दाका अनुभुति यस्तो छः

गोबिन्द निहलानीले मौका दिए

इण्डिया टुडे र ‘मिड डे’सँग जोडिएका फोटोग्राफर फौजानलाई प्रसिद्ध निर्देशक गोबिन्द निहलानीले चलचित्र ‘देव’ को दंगाको दृष्यलाई रियालिष्टिक बनाउनका लागि प्रस्ताव गरेका थिए । मिडियासँग जोडिएको हुनाले उनले दंगाको दृष्यलाई रियल बनाउन सघाने भए र उनले निर्देशकसँग ‘मेकिङ सीन्स’ सुटिङको अनुमति मागे । निर्देशकले अनुमति दिएपछि उनले ‘बिहाईन्ड द सिन’ सुटिङ गरेका थिए ।

सन २००४ मा आएको ‘देव’पछि चमेली, बुम, मुन्नाभाई सीरीज, फैशनदेखि चाँडै नै रिलिज हुने हेट स्टोरी-३’ सम्मको बिहाइन्ड द सिन खिचेका छन् उनले । यी सबै दृष्यलाई समावेश गरेर उनले पछिल्लो समय किताबै निकालेका छन् ।

कट्रिनालाई सबैले हेप्थे

अहिले कट्रिना कैफ बलिउडको सर्वाधिक चर्चित अभिनेत्रीको सुचीमा पर्छिन । उनको डेब्यु फिल्म ‘बुम’ थियो । बुमको सुटिङमा उनी आम मोडलको हैषियतमा थिइन् ।

फैजानको भनाई अनुसार त्यति वेलाकी चर्चित मोडल पद्यमा लक्ष्मी फिल्ममा अनुबन्ध थिइन् । त्यसकारण निर्देशकको ध्यान उनमै केन्दि्रत थियो । कट्रिनालाई खासै वास्ता गर्दैन थिए । भूमिका पनि सामान्य थियो । फैजानले पनि बाल दिएनन् ।

अहिले कट्रिनाले हप्काउँछिन्

जब फिल्म ‘फैन्टम’ को सेटमा फौजान फोटोका लागि पुगेका थिए, कट्रिनाको सुरक्षाकर्मीले तस्बिर नखिच्न भन्दै बाहिर जान आग्रह गरे । अर्को एक दिन सेटमा फोटो खिच्दै गर्दा क्रुमेम्बरले कट्रिनाको हवाला दिंदै फोटो नखिच्न आग्रह गरेका थिए ।

शाहरुखवाट प्रभावित

फैजानले सन २००० मा शाहरुख खान अभिनित फिल्म ‘जोश’ को मेकिङ सिन खिचेका थिए । शाहरुखको बिनम्रतावाट फैजान प्रभावित भए । उनको भनाई अनुसार शाहरुख बिनम्र छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment