+
+

नयाँ शक्ति निर्माणका लागि बाबुरामलाई प्रदिप गिरी र उपेन्द्र यादवको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ६ गते १२:४३

Baburam-and-Upendra

६ मंसिर, काठमाडौं । नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई समर्थक पूर्व माओवादी नेताहरुको भेला अहिले भइरहेको छ ।

चाबहिलको एक पार्टी प्यालेसमा भेला सुरु भएको छ । भेलाको सभापतित्व रामचन्द्र झाले गरेका छन् भने भट्टराईले ताली बजाएर उद्घाटन गरेका छन् ।

नयाँ शक्ति निर्माणमा भट्टराईलाई शुभकामना पनि विभिन्न व्यक्तिहरु पुगेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता प्रदिप गिरी पनि अतिथिका रुपमा छन् । पद्मरत्न तुलाधर, खगेन्द्र संग्रौला, पूर्व सचिव प्रविण मिश्र, चैतन्य सुब्बा, अशोक शर्मा, रविभक्त श्रेष्ठलगायत पनि भट्टराईलाई नयाँ शक्ति निर्माणका लागि शुभकामना दिन उपस्थित भएका छन् ।

सांसद छाया शर्मा, गोपाल दहित, रामकुमारी राई, डा. राजेन्द्र केसी, केशव दाहाल लगायत पनि कार्यक्रममा छन् ।

उद्घाटन सत्रपनि बन्द शस्त्र सुरु हुनेछ । भेलामा झण्डै एक हजार नेता कार्यकर्ता उपस्थित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?