+
+

सरकारले जातीय नरसंहार गरेको उपेन्द्र यादवको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ७ गते १८:३७

Upendra yadav-1

७ मंसिर, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तराई मधेसमा सरकारले जातीय नरसंहार गरिरहेको आरोप लगाएका छन् ।

मधेस आन्दोलनको १०० औं दिन विज्ञप्ति जारी गर्दै मधेसी मोर्चामा नेता यादवले मधेसी, जनजाति लगायतले उठाएको मुद्दालाई सम्बोधन गर्नुका साटो सरकार सुरक्षाकर्मी परिचालन गरेर निर्ममतापूर्वक जनतामाथि दमन गरिरहेको आरोप लगाएका छन् ।

लोकतान्त्रिक मुल्य मान्यतालाई समाप्त गर्दै अन्तर्राष्ट्रिय मानवतावादी कानून र मानवअधिकारको घोर उल्लंघन गरेको उनले बताएक्ा छन् । यादवको विज्ञप्तिमा भनिएको छ-‘सरकारले नश्लवादी चिन्तन र जातीय अहङ्कार तथा विभेदकारी नीति अन्तर्गत तराई/मधेश/थरुहटमा जातीय नरसंहार गरिरहेको छ ।’

मधेस आन्दोलन मधेस थरुहटका जनताका साथै विभेदमा पारिएका हिमाल र पहाडका जनताको पनि मुक्ति आन्दोलन भएको उनले बताएका छन् ।

सरकारले यस आन्दोलनलाई सम्बोधन गरी समस्या समाधान गर्नु भन्दा राष्ट्रिय एकतालाई खण्डित पार्ने गरी मधेसी र पहाडे समुदायलाई एक आपसमा लडाउने र साम्प्रदायिक दङ्गा फैलाउने षड्यन्त्र गरिरहेको मोर्चाका नेता यादवको आरोप छ । यादवले भनेका छन्-‘उक्त षड्यन्त्रप्रति सचेत रही सबैले सामाजिक सद्भाव, सहिष्णुता र आपसी एकता कायम राख्दै विविधितामा एकता र एकतामा विविधता नै हाम्रो विशेषता हो भन्ने तथ्यलाई सँधै ध्यानमा राख्नु पर्दछ ।’

मधेसी मोर्चाका नेता यादवले एम्बुलेन्स, रेडक्रस, विदेशी कूटनीतिज्ञ, प्रेस, दमकल, शव बाहन, औषधि र मानवअधिकार लगायतका सवारी साधनहरु निर्वाध रुपमा चल्न दिन आन्दोलनकारीलाई आहृवान समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?