Comments Add Comment

तीन दिन भित्र सहजरुपमा इन्धन नपाए आन्दोलन : नेबिसंघ

७ मंसिर, काठमाडौं । नेपाल विद्यार्थी संघले वाणिज्य तथा आपूर्ति मन्त्री गणेशमान पुनलाई सोमबार पाँच बुँदे ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएको छ ।

Ganeshman-Pun
नेविसंघको ज्ञापनपत्र पढ्दै मन्त्री पुन । तस्वीर सौजन्य : यूपी लामिछाने

नेविसंघले कालोबजारी नियन्त्रण गर्न, विद्यार्थी परिचयपत्रको आधारमा तेल र ग्यास उपलब्ध गराउन, इन्धन, औषधिलगायतका दैनिक उपभोग्य सामाग्री विना अवरोध आयातको व्यवस्था मिलाउन र कालोबजारीमा संलग्नलाई कारवाही गर्न माग गरेको छ ।

ज्ञापन पत्र बुझाइसकेपछि नेबिसंघ प्रवक्ता यूपी लामिछानेले भने, ‘हाम्रा माग तीन दिनभित्र पूरा नभए आन्दोलनका थप कार्यक्रम ल्याउँछौं र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकार स्वयम् हुनेछ ।’

ज्ञापन पत्र बुझ्दै आपूर्तिमन्त्री पुनले कालोबजारी नियन्त्रण गर्न र अत्यावश्यक सामाग्रीको आपूर्तिको व्यवस्था मिलाउन सरकार गम्भीररुपले क्रियाशील रहेको बताए । उनले अत्यावश्यक सेवाका क्षेत्रलाई कोटा प्रणालीबाट इन्धन बाँड्ने प्रतिबद्धता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment