Comments Add Comment

मधेस आन्दोलनमा ज्यान मुगाएकाहरुको सम्झनामा दीप प्रज्वलन

101-Days-Of-madhesh-Andolan-1

गौतम श्रेष्ठ

८ मंसिर, रौतहट । मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा मंगलबार रौतहट सदरमुकाम गौरमा पाँच हजार मैनबत्ति बालिएको छ ।

गौर ९ का स्थानिय युवाले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा स्थानियबासीको समेत सहभागिता रहेको थियो । साँझ ६ बजे शुरु भएको कार्यक्रममा गौरको मधेसी क्रान्ति चोकदेखि बैंक चोकसम्मको झण्डै ६ सय मिटर लामो सडक खण्डमा पाँच हजार मैनबत्ति बालिएको थियो ।

101-Days-Of-madhesh-Andolan

आन्दोलनका सहिदहरुप्रति सम्मान प्रकट गर्दै बालिएको मैनबतिले गौरको आधा भन्दा बढी मुख्य सडक ढाकिएको थियो । श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रममा स्थानीय महिला तथा बालबालिकाको समेत उल्लेख्य सहभागिता रहेको थियो ।

मधेस आन्दोलन १०१ दिन पुरा भएकोमा सडकमै उनीहरुले १०१ दिन समेत लेखेका थिए । निकै लामो समयदेखि चलिरहेको आन्दोलनप्रति सरकार गम्भीर नभएकोमा स्थानीयहरुले आक्रोश समेत व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment