+
+

विजुलीको लोड धान्नै सकेनन ट्रान्सर्फमरहरुले

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर ११ गते ६:५५

Rice-Cooker
११ मंसिर, काठमाडौं । भारतीय नाकाबन्दीका कारण खाना पकाउने ग्यासको चरम अभाव भएकाले सर्वसाधारण विद्युतीय चुलो बाल्न बाध्य भएपछि बिजुलीमा भार (लोड) बढेर धमाधम ट्रान्सफर्मर पड्कन र तार जल्न थालेका छन्।

विशेष गरेर बेलुका ६ देखि ८ बजेसम्म खाना पकाउने समयमा जुनसुकै फिडरमा पनि तार बल्ने र ट्रान्सफर्मर पड्कने गरेको छ । यसले गर्दा नेपाल विद्युत् प्राधिकरणलाई भार व्यवस्थापन गर्न हम्मे परेको अन्नपूर्ण पोस्टमा खबर छ।

प्राधिकरणका कार्यकारीनिर्देशक मुकेशराज काफ्लेले एक सातायता नदीमा जलस्तर घट्न गई विद्युत् उत्पादनमा समेत कमी हुन थालेका बेला सर्वसाधारणले हिटर, इन्डक्सन चुलोजस्ता विद्युतीय उपकरणमा भात पकाउन थालेपछि प्राधिकरणलाई प्रणाली व्यवस्थापन गर्न कठिन परिरहेको बताए। अघिल्लो साता प्राधिकरणका आफ्ना विद्युत्गृहबाट तीन सय ८० मेगावाट विद्युत् उत्पादन भइरहेकोमा बिहीबार तीन सय ४४ मेगावाटमात्र उत्पादन भएको छ।

प्राधिकरणका विभिन्न वितरण केन्द्र र क्षेत्रीय कार्यालयबाट विद्युतीय लोड बढेका कारण तार र ट्रान्सफर्मर जल्ने गरेको जानकारी आउन थालेको प्राधिकरणका वितरण तथा ग्राहक सेवाका उपकार्यकारीनिर्देशक रामचन्द्र पाण्डेयले बताए। उपत्यकासहित देशका विभिन्न भागमा ट्रान्सफर्मर, एमसीसीसीभी (ट्रान्सफर्मर कन्ट्रोलर), वितरण तार (केबल) बल्ने गरेकाले तत्काल अर्को मर्मत गर्न पनि ट्रान्सफर्मर र पेट्रोलियम अभावले उत्तिकै समस्या भएको पाण्डेले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?