+
+

कविता -म हकिम

भुषण गौतम भुषण गौतम
२०८१ जेठ १२ गते १०:३७

बिहान बिहानै

मामु भान्साबाट भन्नुहुन्छ

‘बाबु छिटो उठ्

स्कुल जान ढिलो हुन्छ’

म सिरकबाट चियाएर हेर्छु

बाबा सुतिराख्नु भएको हुन्छ

मलाई सुतुँसुतुँ लाग्छ

उठ्न मनै लाग्दैन

 

बल्ल बल्ल उठ्छु

मामु मलाई

‘पानी पेऊ

मुख धोऊ

अनि बाथरुम जाऊँ

ब्रस गर’

भन्नुहुन्छ

किचनबाट नै देख्दछु

बाबा सुतिराख्नु भएको हुन्छ

 

मामु किचनबाट बाबालाई भन्नुहुन्छ

‘ए हजुर तपाईं पनि उठ्नु न

एसो हेल्प गर्नु न हौ

छोरालाई स्कुलका लागि रेडी गराइदिनु न’

बाबा नसुनि मोबाइल चलाउँदै सुतिरहनुहुन्छ

मलाई पनि मामुको मोबाइल चलाउँदै

सुतिरहन मन लाग्छ

 

मलाई ब्रस गर्न मन लाग्दैन

मुख धुन मन लाग्दैन

पानी पिउन गार्हो लाग्छ

अनि बाथरुम जानै मन लाग्दैन

अल्छी लाग्छ अनि

अनि बसिरहन्छु तेत्तिकै धेरै बेर

 

आमा बोलाइरहनुहुन्छ

‘छोरा ए छोरा लु अब रेडी हो न हउ

स्कुल जनालाई

मुख धोऊ त

ब्रस गर त

माम खान रेडियो रेडी होऊ न छोरा

स्कुल जान ढिलो हुन्छ’

जब्बरजस्ती

आमाले नै ब्रस गराइदिनुहुन्छ

मुख धोइदिनुहुन्छ

मामुले दिएको पूरा ग्लासबाट

आधा ग्लासमात्र  पानी पिउँछु

हतार हतार

खान मन नलागी नलागी

माम खान्छु

अनि

जताततै छरिएका लुगाबाट मामुले

ड्रेस छानेर

स्कुल ड्रेस लगाइदिनुहुन्छ

र हस्याङफस्याङ् गर्दै

मामुसँगै स्कुल पुग्छु ।

 

स्कुल जान जहिल्यै ढिलो हुन्छ

ढिलो गरेपछि आमा भन्नुहुन्छ

‘छोरा तँ साह्रै नट्टी छस्’

बाबा भन्नु हुन्छ ‘तँ बद्मास

भनेकै टेर्दैनस्’

आमा भन्नुहुन्छ

‘फलानाको छोरा

तेरै उमेरको सबै काम आँफै गर्छ

पढ्छ

होमवर्क गर्छ

ड्रेस आफैँ चेन्ज गर्छ

टिभी पनि ठिक्क हेर्छ

मोबाइल चलाउँदैन

भनेको मान्छ

सबै काम आफैँ गर्छ

कत्ति ज्ञानी छ

तँ-तँ चै एक नम्मरको बदमास

भनेको नमान्ने

नटेर्ने

भात खुवाइदिनुपर्ने

लुगा लगाइदिनु पर्ने

ब्रस गराउनु पर्ने

मुख धोइदिनुपर्ने

सबै सबै गरिदिनुपर्छ

कहिले सुध्रिन्छस् छोरा’

बाबा ओछ्यानबाटै कराउनुहुन्छ

‘कहिले सुध्रिन्छस् छोरा कहिले?’

 

स्कुल ढिला पुगेपछि

गेटबाटै गाली सुरु हुन्छ

गेटमै म्याम भन्नुहुन्छ

‘हैन हकिम

कत्ति ढिला भएको

सँधै ढिला गर्छौ’

अनि म्याम मामुलाई कमप्लेन गर्न थाल्नुहुन्छ

‘यो हकिम

सार्है बदमास छ कक्षामा

साथीहरुसित छुकछुक-छुकछुक

चलिराख्छ

छाडा बोल्छ

मनपरी बोल्छ

कहिले अरुको पेन्सिल भाँचिदिन्छ

कहिले कस्को कपि च्यातिदिन्छ

कहिले कस्को गालामा पेन्सिलले घोचिदिन्छ

भनेको पटक्कै मान्दैन

हैन घरमा तपाईंहरुले पनि सम्झाउनु पर्‍यो

सिकाउनु पर्‍यो

समय दिनुपर्‍यो’

बिचरा मेरी मामु मेरो कम्प्लेन सुनेर

आँखाभरि आँसु पार्नुहुन्छ

र, मलाई पुलुक्क हेरेर फर्किनुहुन्छ

 

कक्षामा

मलाई एकै ठाउँ बसिराख्नु मन लाग्दैन

एउटै काम एकोहोरो गरिराख्न मन लाग्दैन

साथीहरुसित कुरा गर्न मन लाग्छ

चल्न मन लाग्छ

खेल्न मन लाग्छ

हरेक चिज छुन मन लाग्छ

चलाउन मन लाग्छ

खेलाउन मन लाग्छ

बोल्न मन लाग्छ

कुद्न मन लाग्छ

झ्यालबाट चरा उडेको

कराएको

एम्बुलेन्स साइरन बजाउँदै कुदेको

गल्लीबाट

गाढामा तरकारी बेच्ने दाइ कराउँदै

हिँडेको हेर्न मन लाग्छ

म्याम केही गर्न दिनुहुन्न

‘सिधा बस्’

भन्नुहुन्छ

यो गर त्यो नगर भन्नुहुन्छ

नबोल भन्नुहुन्छ

मलाई

तँ हैन तँ चै बोल भन्नुहुन्छ साथीलाई

साथी सित बोल्न दिनुहुन्न

काम सकेपछि हेड डाउन गरेर बस् भन्नुहुन्छ

कक्षामा

कसैले टेरेन भने

“You want to be like Hakim?”

भन्नुहुन्छ

 

मौका पाउँदा म साथीहरुको बेन्चमा पुग्छु

बोल्न खोज्छु

कुरा गर्न खोज्छु

सँगै बस्न खोज्छु

खेल्न खोज्छु

तर

म सित कोहि बोल्दैनन्

खेल्दैनन्

कुरा गर्दैनन्

सबैले मलाई नट्टी नट्टी हकिम

बदमास हकिम भन्छन्

म्यामलाई कमप्लेन गर्छन्

अनि म्याम पनि

Aaaaaaaaaaaa…you naughty Hakim

go and sit in your place

you naughty! !

Always disturb the class

अनि सबै साथीहरु भन्छन्

हकिम naughty

हकिम naughty

baddest हाकिम

baddest हाकिम

 

मलाई कस्तो रुन मन लाग्छ

अनि आँखाभरि आँसु पारेर मुरमुरिन्छु

र आफ्नै बुक त्यातिदिन्छु

पेन्सिल भाँचिदिन्छु

बेन्चमा हिर्काउँछु

कहिलेकाहिँ चिच्याउँछु पनि ।

म्यामले मलाई धिस्याउँदै

प्रिन्सिपलकोमा लग्नुहुन्छ

प्रिन्सिपलले पनि

‘हकिम you naughty

फेरि आज पनि मेरो अफिसमा आयौ

कहिल्यै नसुध्रिने भयौ नि तिमी

आइन्दा बदमासी गर्योउ भने

म् स्कुलबाट निकालिदिन्छु

तिम्रो कक्षाको सबै अभिभावकहरुले

तिम्रै कम्प्लेन लिएर आउनुहुन्छ

म त दिक्क भैसके

you naughty…….

Now, you go to your class’

 

क्लासमा सबैले मलाई

‘baddest हाकिम’ भन्छन्

मेरो complain parent हरुबाट आएकाले

कक्षामा

म्यामले मलाई एकलै राख्नुहुन्छ

बोल्न दिनुहुन्न

साथीहरुसित कुरा गर्न दिनुहुन्न

म एक्लै कक्षाको कुनामा बस्छु

म baddest

म naughty

म बदमास

 

म बाबाले फोनमा बोलेकै शब्दहरु प्रयोग गरेर बोल्छु

सबैले छाडा भो भन्नुहुन्छ

बाबाले हेर्ने tiktok भिडियो हेरेर

सिकेके शब्दहरु कक्षामा सुनाउँछु

म्याम सबैले मलाई ‘छाडा भन्नुहुन्छ’

कक्षामा

सबैलाई म्यामले  ‘यो हकिमसित नबोल

नखेल

हाकिम बस्ने area मा नजाऊ’ भन्नुहुन्छ

म सबै साथीहरु भएको कक्षामा

साथीहरु भएर पनि

सधैं एक्लै छु

मलाई अलि ढिलो लिन आउनुहुन्छ

लिन आउँदा पनि मेरै complain

मामु बाटोभरि मलाई गाली गर्नुहुन्छ

 

घर आएपछि

गल्लीमा खेल्न निस्कन्छु

तर

मसित कोहि खेल्न मान्दैनन्

घरका छतहरुबाट

सबैले भन्नुहुन्छ

‘यो naughty, बदमास

हकिमसित चैं नखेल है

नबोल है’

गल्लिभरि साथीहरु भएर पनि

म भने एकलै छु

 

मा केवल ८ वर्षको

न मलाई गल्ति थाह छ

न सही

म अरुलाई हेरेर सिक्छु

देखेर जे सिक्छु त्यही सिक्छु

अरुले मलाई naughty

bad भन्छन्

worse भन्छन्

मा पनि अरुलाई त्यहि भन्छु

तर म चै गलत

 

म naughty हो भने

म baddest हो भने

म छाडा हो भने

म अज्ञानी हो भने

मेरो बाबा मामु

मेरो म्याम

प्रिन्सिपल म्याम

मेरो साथीहरु

मामुको मोबाइल

tiktok

They all are naughty

They all are baddest

They all are worse

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?