
२७ असार, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका–७ रामकोटमा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मंगलबार दिउँसो ३:२० बजे रामकोटस्थित रत्न राज्य स्कुल नजिक बा.प्र.०१–०२६ च २६०५ नम्बरको डिआइ गाडीले बा ६५ प ६१६२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ३५ वर्षीय कृष्ण थापाको मृत्यु भएको हो ।
घाइते थापालाई उपचारका लागि स्वयम्भूस्थित मनमोहन अस्पताल लगिएको थियो । टाउको र दाहिने हातमा चोट लागेर गम्भीर घाइते भएका थापा बोल्न सक्ने अवस्थामा थिएनन् ।
थप उपचारका लागि मंगलबार साँझ ५ बजेतिर ललितपुरको ग्वार्कोस्थित बीएनबी अस्पतालमा लगिएको चिकित्सकले राति साढे ८ बजे मृत घोषणा गरेका थिए ।
मोटरसाइकललाई ठक्कर दिने चितवनको इच्छाकामना गाउँपालिका–४ घर भएका ४८ वर्षीय हिरालाल सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4