
१२ मंसिर, काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भारतीय दूतावासको गाडीमा आगजनी भएको छ । २२ सीडी १७ नम्बरको गाडीमा शनिबार बिहान विप्लव माअोवादीका कार्यकर्ताले आगो लगाएका हुन् ।
अागजनीबाट गाडीको भित्री भाग जलेको छ भने सीसाहरू समेत फुटाइएको छ ।
प्रहरीले भने गाडीमा तार सट भएर आगो बलेको जनाएको छ । केहीबेरमा आगो नियन्त्रणमा लिएकाले गाडीमा खासै क्षति नभएको ट्राफिक प्रहरीले जनाएको छ ।
तर, विप्लव नेतृत्वको नेकपा माओवादीले भने भारतीय दूतावासको गाडीमा आफूहरुले आगजनी गरेको दाबी गरेको छ । भारतले लगाएको नाकाबन्दीको बिरोधमा आइतबार बन्द आह्वान गरेको विप्लब माओवादीले भारतीय दूतावासको गाडीमा आगजनी गरेको बताएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4