Comments Add Comment

यी हुन् प्रेम गर्नुका फाइदा

loveप्रेम एक निकै सुन्दर अनुभुति हो । प्रेमको बारेमा कवी तथा लेखकहरुले निकै धेरै कुरा लेखिसकेका छन् तर तपाइँलाई यो कुरा जानेपछि आश्चर्य हुनसक्छ की केवल कवीमात्र होइन वैज्ञानिकहरु पनि प्रेमका पक्षधर छन् । वैज्ञानिकहरुका अनुसार प्रेम गर्नु स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

प्रेम गर्नुको सबैभन्दा ठूलो फाइदा त यो हो की तपाइँलाई एक साथी मिल्दछ र तपाइँको एक्लोपन समाप्त हुन्छ । हरेक कठीनाइहरु सजिलो लाग्न थाल्छन् र मनमा भरोसा जाग्दछ की जस्तोसुकै कठीन परिस्थितिमा पनि आफुलाई साथ दिने कोही मान्छे छ ।

यसका साथै प्रेम गर्नुका अन्य फाइदाहरु यस्ता छन्ः

  • प्रेमले मानिसलाई विश्वास गर्न सिकाउँछ । विश्वास एउटा यस्तो चिज हो जसको अभावमा तपाइँले सुखी जिवनको कल्पना पनि गर्न सक्नुहुन्न ।
  • कतिपय अनुसन्धान अनुसार प्रेम गर्ने मानिसहरु अन्य मानिसहरुको तुलनामा निकै धेरै सुखी तथा निश्चिन्त रहन्छन् । यस्तोमा निकै मीठो निद्रा पर्छ र तुलनात्मक रुपले उच्चतम सन्तुष्टि मिल्दछ ।
  • प्रेमले मानिसहरुलाई रक्तचाप सम्बन्धी कैयन् स्वास्थ्य समस्याबाट सुरक्षित राख्दछ । प्रेम गर्ने मानिसहरुमा तनाव कम हुन्छ र रक्तचाप पनि नियन्त्रित हुन्छ ।
  • रक्तचाप नियन्त्रित हुने कारणले गर्दा मुटु सम्बन्धी समस्याहरु हुने खतरा पनि कम हुन्छ ।
  • एक शोधका अनुसार प्रेमले मानिसमा आत्मसम्मान बढाउने काम पनि गर्छ । यसका साथै प्रेममा परेका मानिसहरु अन्य मानिसहरुको तुलनामा निकै खुसी रहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment