Comments Add Comment

चितवनमा एचआइभीबाट हुने मृत्युमा ५३ प्रतिशतले कमी

ART Clinic, Bharatpur Hospital Chitwan
१६ मंसिर, चितवन । चितवनमा एचआइभी एड्सका कारणले हुने मृत्युमा ५३.३ प्रतिशतले कमी आएको छ । भरतपुर अस्पतालमा रहेर एचआईभी संक्रमितहरुको उपचार तथा परिक्षणमा काम गर्दै आएको एएचएफ नेपालले दिएको जानकारीअनुसार जिल्लामा एचआइभीको संक्रमणबाट हुने मृत्युमा ५३.३ प्रतिशतले कमी आएको पाइएको छ ।

सन् २०१३ को डिसेम्वरदेखि सन् २०१४ को नोभेम्वरसम्म १५ जनाले ज्यान गुमाएका थिए भने सन् २०१४ को डिसेम्वरदेखि २०१५ को नोभेम्वरसम्म ७ जनाले ज्यान गुमाएका छन् ।

चितवन जिल्लामा करिव २ हजार एचआइभी संक्रमितहरु रहेको अनुमान गरिएको छ ।जिल्लामा एचआइभी संक्रमितहरुको संख्यामा पनि कमी आएको देखिएको छ । सोही अवधिको तथ्याङ्कलाई हेर्दा सन् २०१३ को डिसेम्वरदेखि २०१४ को नोभेम्वरसम्म ९० जना नयाँ एचआईभी संक्रमित पत्ता लागेकामा २०१४ को डिसेम्वरदेखि २०१५ को नोभेम्वरसम्म ८४ जना नयाँ रोगी थपिएको एएचएफ नेपालका एआरटी संयोजक कृष्णहरि सापकोटाले जानकारी दिए ।

चितवन जिल्लामा करिव २ हजार एचआइभी संक्रमितहरु रहेको अनुमान गरिएको छ

चितवनमा सन् २००८ देखि हालसम्म १२ सय ५८ जना एचआइभी संक्रमितहरु रहेको पत्ता लागेको छ । तिमध्ये ६६६ जना पुरुष, ४८६ जना महिला र १०६ जना बालबालिकाहरु रहेका छन् । भरतपुर अस्पतालमा रहेको एआरटी सेन्टरबाट ६३२ जनाले नियमित औषधि सेवन गरिरहेका छन् । तिमध्ये २९३ जना पुरुष, २७८ महिला र ६० जना बालबालिकाहरु छन् ।

भरतपुर अस्पताल र एएचएफ नेपालको संयुक्त पहलमा भरतपुर अस्पतालमा एचआइभी संक्रमित तथा नयाँ रोगीहरुको एचआइभी परिक्षण, उपचार, सहयोग र हेरचाह, एचआइभी संक्रमितहरुलाई लाग्ने अवसरवादी रोगहरुको पहिचान र उपचार, सिडी फोर परिक्षण, एआरटी सेवा उपलब्ध हुदै आएको छ ।

संक्रमितहरुको सख्या १२ सय ५८ भएपनि सिडी फोर ५ सयभन्दा कम भएकाहरुलाई मात्र एआरटी सेवा दिइन्छ । सिडीफोर ५ सयभन्दा बढी भएकाहरुलाई कर्टिमोक्साजोल नामक औषधि खुवाइन्छ भने ५ सयभन्दा कम भएकाहरुलाई एआरटी दिइन्छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका एचआइभी एड्स फोकल पर्सन अनुप अधिकारीले जिल्लामा एचआइभीको क्षेत्रमा काम गर्ने ५ वटा एनजीओहरुसँग संयुक्त सहकार्यमा एचआइभी संक्रमितहरुको पहिचान र रोगको उपचार गरिएकाले प्रभावकारीता बढ्दै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment