१९ मंसिर, इलाम । जिल्लामा सञ्चालित उन्नति समावेशी परियोजनाले जिल्लाका आठ वटा कृषि सहकारी संस्थालाई कृत्रिम गर्भाधानका लागि आवश्यक उपकरण प्रदान गरेको छ । कृषि सहकारी संस्थालाई ७० प्रतिशत अनुदानमा शुक्रबार उपकरण प्रदान गरेको हो ।
परियोजनाले जीतपुरको प्रगति, प्याङको सिकारी डाँडा, चुलाचुलीको अन्नपूर्ण कृषि, नामसालिङको हाम्रो बहुद्देश्यीय, पशुपतिनगरको रोचक, सोयाकको सिंहदेवी र जमुनाको महिला कृषि सहकारी संस्थालाई ३४ लिटर क्षमताको नाइट्रोजन कन्टेनर, सिमेनलाई सुरक्षित राख्ने भाँडोसहितको उपकरण एक÷एक थान गरी करिब रु पाँच लाखको लागतमा १६ थान उपकरण वितरण गरेको परियोजनाका विष्णु काफ्लेले जानकारी दिए ।
उपकरण वितरणअघि परियोजनाले उपकरण प्रयोग गर्न सहकारी संस्थाका पशु प्राविधिकलाई तालिमसमेत प्रदान गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4