+
+

प्रमुख दलहरुको साझा प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर १९ गते २२:१९

trio-Barta

१९ मंसिर, काठमाडौं । प्रमुख दलहरुले पेश गरेको साझा प्रस्ताव संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अस्वीकार गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सत्तारुढ साझेदार र प्रमुख विपक्ष दलहरुको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले निर्णायक वार्ता गरौं भन्दै तीनबुँदे प्रस्ताव राखेका थिए ।

जसमा कांग्रेस नेतृत्वको सरकारले दर्ता गरेको संविधान संशोधन अघि बढाउने र सीमांकनको विषय राजनीतिक समिति बनाएर तीन महिनाभित्र टुङ्गो लगाउने प्रस्ताव गरेका थिए ।

प्रधानमन्त्री ओलीले नाकाबन्दीले जनतालाई निकै सकस दिएको भन्दै अन्त्य गर्न समेत आग्रह गरेका छन् । उनले प्राधिकरण पुनर्निर्माण गठन सम्वन्धि विधेयक अघि बढाउन समेत सहयोग मागेका छन् ।

तर, मधेसी मोर्चाले तीन दलको प्रस्ताव अस्वीकार गरेका छन् । मोर्चाका तर्फबाट बोलेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले यसअघि नै अस्वीकार गरेको प्रस्ताव मान्न नसकिने बताए । उनले सरकारले नवलपुर लगायतका स्थानमा दमन गरेर वार्ताको वातावरण विगारेको आरोप समेत लगाए ।

एक नेताका अनुसार यादवले सरकारले वार्ताको वातावरण बनाए ११ बुँदेमा छलफल गर्ने वार्तामा बस्ने बताएका छन् । बैठकमा दलहरुले आ-आफ्नो धारणा राखेपनि कुनै सहमति हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?