बलिउडका नायक साहरुख खान च्यारेटीका लागि सबैभन्दा अगाडि छन् । तर, उनी च्यारेटीलाई व्यक्तिगत रुपमा लिन चाहन्छन् र हल्ला गर्न चाहदैनन् । यसैले पनि साहरुख खानले गरेका च्यारेटी अरु कलाकारको जस्तो चर्चामा आउँदैन ।
साहरुख भन्छन्-‘यदि कुनै उद्देश्यका लागि च्यारेटी गरिन्छ भने त्यो च्यारेटी हुँदैन ।’साहरुखलाई यूनेस्कोले भारतमा सबैभन्दा धेरै च्यारेटी गर्ने कलाकारको रुपमा अवार्ड पनि प्रदान गरिसकेको छ । साहरुख मात्र एक यस्ता भारतीय कलाकार हुन्, जसले यूनेस्कोबाट अवार्ड पाएका छन् ।
उनै साहरुखले भारतको चेन्नाइमा गएको बाढी पीडितका लािग एक करोड सहयोग गरेका छन् । उनको कम्पनी रेड चिल्ली र टिम ‘दिलवाले’ मार्फत साहरुखले १ करोड नगद सहयोग गरिएको हो । तमिलनाडुका मुख्यमन्त्ती राहत कोषमा साहरुखले १ करोड जम्मा गराएका हुन् ।
साहरुखले मुख्यमन्त्री जयललिताको नाममा पत्र पठाउँदै सहयोग गरेको जानकारी दिएका हुन् । साहरुखले पठाएको पत्रमा चेन्नाइमा गएको बाढीका कारण आफू चिन्तित भएको भन्दै चेन्नाइवासीलाई सहयोग गर्न आग्रह पनि गरिएको छ ।
साहरुखलाई केही हप्ता अगाडि देशद्रोही, पाकिस्तानी एजेन्ट जस्ता आरोप वीजेपीका केही नेताले लगाएका थिए । तर, साहरुखले चेन्नाइमा आएको बाढीबाट प्रभावितका लागि सहयोग गर्दै दरिलो झापड पनि दिएका छन् । केही दिनमै ‘दिलवाले’का कलाकार चेन्नाइका बाढी प्रभावितलाई सहयोग गर्न जाने कार्यक्रम पनि छ ।
प्रतिक्रिया 4