+
+
Shares

दया र प्रियंकाको निकटता पर्दा बाहिर र भित्र उस्तै, सँगै ‘लालटिन’ बाल्दै

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २४ गते १०:००

priyanka-and-dayahang
देवकुमार श्रेष्ठको निर्देशन तथा भानु प्रतापको निर्माणमा बन्न लागेको फिल्म ‘लालटिन’मा नायक दयाहाङ राई र नायिका प्रियंका कार्की अनुवन्धित भएका छन् । यो चलचित्रको छायांकन चाडै नै सुरु हुँदैछ ।

चलचित्र अनुवन्धनको सिलसिलालाई हेर्ने हो भने दया र प्रियंका एक अर्कालाई कुनै पनि पल मिस गर्न चाहदैनन् । सायद, यसैको परिणाम हुनसक्छ यी दुइले एकपछि अर्को चलचित्र एकसाथ गरिरहेका छन् ।

केही हप्ता अगाडि दयाले अनलाइनखबरसँग कुरा गर्दै यो चलचित्रमा काम गर्ने पक्का नभएको बताएका थिए । उनले प्रियंकाले आफूलाई कुरा त राखेको तर खेल्ने र नखेल्ने टुंगो नभएको बताएका थिए । सायद, प्रियंकाले खेल्ने भएपछि दयाले पनि यो चलचित्र खेल्ने निर्णय गरेको हुनसक्छ ।

चलचित्र ‘झोले’मा काम गर्दा यी दुइले एक अर्कालाई चिन्दैनथ्य । तर, अहिले छोटो समयमा नै यी दुई सर्वाधिक चलचित्र खेल्ने जोडीको रुपमा परिचित भैसकेका छन् । एक अर्कालाई नजिकको साथी मान्ने यी दुइले सार्वजनिक कार्यक्रममा निकटता पनि खुबै देखाउँछन् । केही  दिन अगाडि एक कार्यक्रममा दुइले एक अर्काको जुठो शेयर गरेको खबर अनलाइनखबरमा नै प्रकाशित भएको थियो ।

दयाहाङको समेत लगानी रहेको चलचित्र ‘कबड्डी कबड्डी’मा प्रियंकाले अतिथी भूमिकामा काम गरिन् । सायद, उनले यती छोटो भूमिका दयाकै कारण गरेको पक्का जस्तै छ । यी दुइले नै अभिनय गरेको फिल्म ‘फन्को’ माघ १ गतेबाट प्रदर्शनमा आउँदैछ ।

पर्दा भित्र र पर्दा बाहिर दया र प्रियंकाको निकटता चुलिएको छ । जसले मिडियामा गसिपको राम्रै स्थान पनि पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?