Comments Add Comment

मोरङका सिडियोले दिए गृह मन्त्रालयलाई चुनौति : सरुवा भएर नवलपरासी जान्न

ध्रुव भट्टराई

२७ मंसिर, विराटनगर । नवलपरासीमा सरुवा भएका मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले कार्यस्थलमा नजाने घोषणा गरेका छन् । कार्य सम्पादन र वरिष्ठतालाई विर्सिएर हचुवाको भरमा आफ्नो सरुवा गरेको भन्दै कार्कीले जागिर टिकाइराख्ने पक्षमा आफूले कुनै कम्प्रमाइज नगर्ने बताए ।

Ganeshraj karkiगृहमन्त्रालयले बिहीबार सातजना सहसचिवको सरुवा र चार जनाको पदस्थापन गरेको थियो । यो सरुवामा कार्कीलाई मोरङबाट नवलपरासी सरुवा गरिएको थियो ।

‘२९ महिनाको लामो बसाईंमा मोरङ जिल्लामा गरेको कामको मूल्यांकन त भएन-भएन क श्रेणीको जिल्लावाट डिमोरलाइज गरी नवलपरासी पुर्‍याउने कामलाई न्यायोचित मान्न सक्दिनँ,’ उनले अनलाइनखबरसँग भने ।
उनले आफू चाँडै काठमाडौं जाने तयारीमा रहेको भन्दै यस विषयमा गृह मन्त्रालयमा कुराकानी गर्ने समेत जानकारी दिए । ‘म केही दिन भित्रै गृह मन्त्रालय पुगेर चित्त नवुझेका कुरा राख्छु मेरा कुरा सुनवाई भएन भने म जागिरको विकल्प खोज्ने छु,’ उनले भने ।

आफूले जिल्लामा रहँदा नराम्रो काम गरेको भए कार्वाही भोग्न तयार रहेको पनि उनले बताए ।

गृह मन्त्रालयले उनको स्थान मोरङमा काठमाडौं सिडिओ एकनारायण अर्याललाई पदस्थापन गरेको छ । स्याङजा निवासी अर्याल पनि मोरङ नआउने मनस्थितिमा रहेको स्रोतले बतायो ।

यसअघि सुशील कोइराला नेतृत्वको सरकारको पालामा कार्कीलाई मकवानपुर सरुवा गरेको थियो । गृहमन्त्री बामदेव गौतमले उनलाई सरुवा गरेको २४ घण्टा भित्रै प्रधानमन्त्री कोइरालाले कार्कीको सरुवा उल्टाइदिएका थिए । ओखलढुङा निवासी कार्कीको जागिरको अवधि करिव साढे २ वर्ष मात्र बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment