Comments Add Comment

बुटवल उपमहानगरले सुरु गर्‍यो अपाङ्गता परिचयपत्र वितरण

११ चैत, बुटवल । बुटवल उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिलाई परिचयपत्र वितरण सुरु गरेको छ । उपमहानगरले अपांगता परिचयपत्र कार्यविधि-२०७५ जारी गरेसँगै परिचयपत्र वितरण सुरु गरेको हो ।

बुटवल उपमहानगरपालिका-५, का १२ वर्षीया सोनाज बानु, ७ वर्षीय आयान खान र वडानम्बर ३ का चार वषर्ीय देवांशराज कसजूलाई परिचय पत्र वितरण गरिएको छ ।

उपमहानगरकी उपप्रमुख तथा अपांगता नगर समन्वय समिति संयोजक गुमादेवी आचार्यले परिचयपत्रका आधारमा उनीहरुले राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहजरुपमा प्राप्त गर्न सक्ने बताइन् ।

अपांगता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन र अन्तर्राष्ट्रिय महासन्धिलाई अझ व्यवहारिक एवम् प्रभावकारी बनाउने गरी बुटवल उपमहानगरले कार्यविधि बनाएको उनको भनाइ छ ।

बुटवल उपमहनगरमा विभिन्न अवस्थाका गरी करिब एक हजार ७०० जना अपाङ्गता भएका व्यक्तिहरु रहेको अनुमान गरिएको छ ।

उपमहानगरले अपांगताको अवस्था बमोजिम रातो, निलो, पहेँलो र सेतो गरी चार रंगका परिचय पत्र वितरण गर्ने छ । यसका लागि वडा कार्यालयको सिफारिससहित तोकिएको ढाँचोको फारम भरेर उपमहानगरको सम्बन्धित शाखाले प्रत्येक सोमबार यस्तो परिचय पत्र वितरण गर्नेगरी तालिका तय गरिएको समावेशीकरण तथा मूल प्रवाहीकरण शाखाका सदस्य सचिव दामोदर ज्ञवालीले बताए ।

बुटवलका १९ वटै वडाहरुमार्फत तथ्यांक संकलनको कामसमेत भइरहेको छ । संघीय सरकारको अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन-२०७४ का आधारमा बुटवलले नगर सरकारको कार्यविधि बनाउँदै समावेशीकरण तथा मूल प्रवाहीकरण शाखामार्फत परिचय पत्र वितरणको काम सुरु गरिएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment