+
+

साउदीमा एक नेपालीको ओछ्यानमै मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २८ गते १२:११

saudi arabia

साउदी अरब । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ । इलाम जितपुर–६ बरडमाका २७ वर्षीय चित्रबहादुर मगरको हृदयघातका कारण शनिबार सुतेकै अवस्थामा मृत्यु भएको हो ।

मगर साउदीको रविकस्थित प्रोजेक्ट सिस्टम गु्रपमा हेल्परका रुपमा कार्यरत थिए । ड्युटीबाट फर्केर राति खाना खाएर सुतेका मगर बिहान ओछ्यानमै मृत भेटिएको सोही कम्पनीमा कार्यरत मोहन बिएसकेले जानकारी दिए ।

मगर ३१ महिना अघि रोजगारीका लागि साउदी अरब आएका थिए । उनको शव रविकस्थित सेन्ट्रल अस्पतालको शव गृहमा राखिएको छ । मगरको मृत्युको विषयमा दूतावासलाई जानकारी गराइएकोे र उनको शव जतिसक्दो छिटो स्वदेश पठाउनका लागि कम्पनीमा पहल भइरहेको बिएसकेले बताए। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?