Comments Add Comment

पुनःनिर्माणका लागि जर्मन सरकारद्वारा साढे ३ अर्ब सहयोग

Lokdarshan-Regmi

२८ मंसिर, काठमाडौं  । जर्मन सरकार भूकम्पपछिको पुनःनिर्माणका लागि ‘पुनःनिर्माण ऋण निगम’मार्फत तीन अर्ब ४६ करोड ९३ लाख अनुदान सहयोग गर्न सहमत भएको छ ।

‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा जर्मन सरकारले प्रतिबद्धता गरेअनुसार उक्त सहयोग सम्झौतामा आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थ सचिव लोकदर्शन रेग्मी र नेपालका लागि जर्मनीका राजदूत माथियास मायारले हस्ताक्षर गरे । अनुदान सहयोगमध्ये दुई अर्ब ८९ करोड वित्तीय सहयोग र ५७ करोड ९३ लाख रूपैयाँ प्राविधिक सहयोग रहेको छ ।

सम्झौता हस्ताक्षरपछि सचिव रेग्मीले नेपालको आर्थिक सामाजिक विकासमा जर्मनी सरकारले गरेको सहयोगको प्रशंसा गर्दै भूकम्पपछि क्षतिग्रस्त भक्तपुरका पुरातात्विक महत्वका पूर्वाधार र विद्यालयको पुनःस्थापनाका सो रकम खर्च गरिने जानकारी गराए । सरकार भूकम्पपछिको पुनःनिर्माणका लागि ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’ गठन गर्न गम्भीर रहेको बताउँदै उहाँले एक साताभित्र प्राधिकरण गठन हुने विश्वास व्यक्त गरे ।

राजदूत मायारले सन् २०१६ देखि सात वर्षसम्म रहने सो योजनाअन्तर्गत भूकम्प प्रभावित गोरखा, रसुवा, दोलखा र रामेछाप जिल्लाका अस्पतालको पुनःनिर्माण र रसुवाको ग्रामीण विद्युतीकरणलगायत विभिन्न पुनःस्थापनाका कार्य गरिने बताए । पुनःनिर्माणका लागि आवश्यक संयन्त्र प्राधिकरण यथाशीघ्र गठन गर्न आवश्यक रहेकामा उनले जोड दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment