+
+

भगवानले बद्रीलाई उपहार दिएका हुन् ‘ससुरालीमा’

अनलाइनखबर अनलाइनखबर
२०७२ मंसिर २९ गते ९:२०

bhagawan-and-badri

काठमाडौं । लोकगायनमा चर्चित मानिन्छन् बद्री पङ्गेनी । बद्रीको ‘ससुरालीमा’ बोलको दोहोरी गीत निकै चर्चित भयो ।

यो गीत बजारमा आएको समयमा अडियो क्यासेट निकालेर बिक्री गर्ने चलन थियो । बद्रीले बिर्सेका छैनन्, धौलागिरी क्यासेट सेन्टरबाट आएका २ लाख ६५ हजार प्रति क्यासेट चक्कामा हस्ताक्षर गर्दा उनको हात फत्रक्कै गलेको थियो । हस्ताक्षर नगरेको कति बिक्री भयो । कुनै हिसाब छैन ।

स्टेजमा उस्तै चर्चित थियो यो गीत । उनले स्टेजमा कतिपटक गाए, कुनै हिसाब छैन । तत्कालीन समयमा सर्वाधिक रुचाईएको गीत थियो यो । तन्नेरीदेखि बुढापाकासम्मले सुन्थे मात्रै हैन गुन्गुनाउथे पनि । गाउँमा हुने मेलापातदेखि शहरमा हुने विवाह उत्सवमा समेत यहि गीत गुञ्जिन्थ्यो ।

Badri-and-sindhu

ससुराली गैरन्थेँ दिनका दिन
साली माग्दा सासुले लखेटिन्,
ससुरालीमा
ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा …

बद्रीको भनाई अनुसार यो गीत अर्का गायक भगवान भण्डारीले उपहार दिएका थिए उनलाई । भगवान हरेक लोक गायक गायिकालाई असाध्यै माया गर्थे । त्यो मध्ये पनि बद्रीसँग उनको विशेष मोह थियो । बद्री उनलाई दाई भनेर सम्मान गर्थे भने भगवान भाई भन्दै माया दर्साउँथे ।

बद्रीका अनुसार भगवानसँग उनले धेरै गीत मागेका छन् । यतिसम्म कि बद्रीले मागेपछि आफैंले गाउन ठिक पारेको गीत पनि दिन्थे । त्यहि सिलसिलामा दिएका हुन् ससुरालीमा पनि । तर, सुरुमा यसको लय अर्कै थियो । अहिले सालैमा पर्‍यौ नि पातली माया जालैमा.. बोलको लयलाई बद्रीले ससुरालीमा बनाएका थिए ।

गीत र भाका त पाए तर, कसरि यो भन्दा चोटिलो र प्रभावकारी बनाउने भनेर उनले सोचे । त्यतिवेला सुन्धारामा रहेको पुकार दोहोरी साँझमा गाउथे बद्री । डेरा थियो भोटे बहालमा ।

‘दोहोरीमा गाएर डेरा फर्किदै थिएँ, सेन्ट्रल जेल अगाडी पुगेपछि शब्द फुर्‍यो ससुरालीमा,’ उनले सुनाए । भोलीपल्ट दिनभर यहि गीतका लागि सोचे र अन्तिममा लेखे । ‘सुसुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा..’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?