+
+

लगानी उठाइसक्यो ‘दिलवाले’ले, यस्ता छन् १४ रोचक जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १०:३९

dilwale-steel-1
साहरुख खान र काजोल अभिनित चलचित्र ‘दिलवाले’को रिलिज मिति नजिकिदै गर्दा चलचित्रका वारेमा रोचक तथ्य सार्वजनिक हुन थालेको छ ।
सोही दिन अर्का निर्देशक सञ्जयलीला भन्सालीको चलचित्र ‘बाजिराओ मस्तानी’ पनि प्रदर्शन हुने भएपछि कसको चलचित्रले बाजी मार्ला भन्ने बहस समेत सुरु भएको छ । भन्साली र साहरुखको भिडन्त यही नै पहिलो भने होइन् । यसअघि पनि साहरुखसँग जुध्दा भन्साली पछारिएका थिए । ‘दिलवाले’वारे केही रोचक जानकारी यस्तो छ:

१. ‘दिलवाले’मा एकपटक फेरि साहरुख खान र काजोल जोडी बनेर आएका छन् । आजको मितिसम्म यो जोडीको एउटा पनि चलचित्र असफल भएको छैन ।

२. काजोलका श्रीमान् अजय देवगणले ‘दिलवाले’ नाम गरेको चलचित्रमा काम गरेका छन् । जुन चलचित्र सन् १९९४ मा रिलिज भएको थियो ।

३. भनिन्छ, यो पुरानो हिन्दी चलचित्र ‘चलती का नाम गाडी र ‘हम’वाट प्रेरित छ ।

४. १८ डिसेम्बरमा ‘दिलवाले’को प्रतिपक्षी बनेर आउँदैछ सञ्जय लीला भन्सालीको ‘बाजिराओ मस्तानी’ । यसलाई सन् २०१५ को सबभन्दा ठूलो टक्कर भनिएको छ ।

५. सन् २००७ मा साहरुख र भन्साली आमने-सामने भएका थिए । साहरुखको ‘ओम शान्ती ओम’ र भन्सालीको साावरिया’ भिडेका थिए ।

६. ‘दिलवाले’ले रिलिज अघि नै लगानी सुरक्षित गरिसकेको छ । सबैको चासोको विषय अब यो बनेको छ कि के यो फिल्म तीनसय करोडमा सहभागी हुन्छ या हुँदैन ।dilwale-stel
७. रेड चिल्ली इन्टरटेनमेन्टले चलचित्रको म्युजिक राईट्स सोनी कम्पनीलाई १९ करोड रुपैयाँमा बिक्री गरेको छ । यो अहिलेसम्म म्युजिकले पाएको सबै भन्दा धेरै पैसा हो । यो चलचित्रको गीत आइ ट्यूनमा १० करोड पटक डाउनलोड पनि भएको छ । यो कुनै पनि हिन्दी चलचित्रको सर्वाधिक धेरै डाउनलोड भएको रेकर्ड हो ।

८. चलचित्रको सेटमा साहरुख प्राय साइकलमा घुम्थे । उक्त साइकल निर्देशक रोहित शेट्टीले खानलाई उपहार दिएका थिए ।

९. ‘दिलवाले’मा जब वरुण धवनलाई प्रस्ताव आयो उनी स्तब्ध भए । साहरुखको चलचित्रवाट अफर आउला भनेर उनले सोचेकै थिएनन् । यो खबर उनले आफ्नी आमालाई सुनाए । आमाले समेत विश्वास गर्न गार्‍हो मानिन् ।

१०. साहरुख र काजोलको ‘दिलवाले दुल्हनिया ले जायंगे’को अन्तिममा एउटा ट्रेनको दृष्य छ । ‘दिलवाले’मा पनि केही यस्तै दृष्य छ । तर, संवाद निकै फरक छ ।

११. ‘दिलवाले’को पहिलो गीत १८ नोभेम्बरमा प्रसिद्ध मराठा मन्दिरमा लञ्च भएको थियो । त्यो त्यही सिनेमा घर हो, जहाँ साहरुख-काजोलको ‘दिलवाले दुल्हनिया ने जायंगे’ २० वर्षदेखि प्रदर्शन भैरहेको छ ।

१२. ‘रंग दे तु’को सुटिङका लागि चलचित्र युनिटले निकै सास्ती बेहोर्नुपर्‍यो । साहरुखको भनाई अनुसार दिन सकिँदा जाडोले उनीहरुको शरीर निलो हुन्थ्यो । सुटिङ सकिए लगत्तै तीनवटा कम्बल ओडेर साहरुख बस्थे ।

१३. ‘रंग दे तु’ बोलको गीतमा केही गज्जबका दृष्य छन् । एउटा दृष्यमा साहरुख-काजोल बिग्रिएको प्लेनमा देखिन्छन् । साहरुखको भनाई अनुसार केही वर्षअघि उक्त प्लेनलाई इर्मजेन्सी ल्यान्डिङ गराइएको थियो । प्लेनमा यात्रा गर्ने सबै सुरक्षित थिए । त्यसपछि प्लेनलाई त्यही राखिएको थियो, म्युजियमको रुपमा ।

१४. चलचित्रमा विषेश किसिमको एक्सन छ । कमेडीलाई पनि उत्तिकै महत्व दिइएको छ । यस चलचित्रमा सञ्जय मिश्र, जोनी लिभर, वरुण शर्मा, वरुण धवन लगायतका कलाकार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?