+
+

राजेश हमाल भन्छन- श्रीमतिले म्यासेज हेरिदिँदा समस्या पर्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष १ गते १६:५७

rajesh-hamal
फेसबुक, ट्विटर, भाइवर वा मोबाइलमा आउने सन्देश, जसले मानिसहरुको घरयासी सम्बन्धमा ठूलो दरार ल्याउने गरेको छ । प्रविधीको विकाससँगै मानिसले आफ्नो व्यक्तिगत जीवन पनि जिउन चाहेको हुन्छ । तर, व्यक्तिगत जीवन जिउन चाहने उसको चाहना परिवार वा आफन्तले नवुझ्न पनि सक्छन् ।

नायक राजेश हमालले आफूलाई पनि यस्तै खालको समस्या परेको खुलाएका छन् ।

काठमाण्डौमा आज आयोजना भएको एक अनलाइन सार्वजनिक कार्यक्रममा हमालले सामाजिक संजाल र प्रविधीले गर्दा पनि घरायसी समस्या आउने गरेको बताए । हमालले भने-‘म प्रायः व्यक्तिगत कुराहरुलाई गोप्य नै राख्नु पर्छ भन्ने पक्षमा छु । लामो समयसम्म एक्लो जिवन जिएकाले पनि हुनसक्छ, म यस्तै कुरामा अगाडि बढे । तर, अर्धाङ्गीनीले  यस्तो कुरा नवुझ्दा केही समस्या त हुने रहेछ ।’

उनले भने-‘यो मायाले हो कि, स्नेहले हो कि किन हो थाहा भएन । म व्यक्तिगत जीवनमा गोप्यतालाई महत्व दिन्छु । तर, तेश्रो व्यक्तिले मोबाइल वा सामाजिक संजालमा आउने म्यासेज नवुझ्दा समस्या उत्पन्न हुन्छ ।’

हमालका अनुसार उनको श्रीमतीले उनको मोबाइलमा वा जिमेल वा फेसबुकमा आउने म्यासेसको पृष्ठभूमी नै वुझेकी हुन्नन्। एक्कासी आएको म्यासेज हेर्दा अन्य कुरा सोच्ने अवस्था अाइपर्ने हमालले खुलासा गरे ।

कुनै पनि व्यक्तिले पठाउने म्यासेजलाई पुरा नहेर्ने हो भने गलत अर्थ लाग्ने र त्यसले ठूलै  समस्या पार्ने हमालको वुझाई छ । यसैले उनले यस्तो बिषयमा समय-समयमा घरमा छलफल (बिबाद ?)  पनि गर्ने गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?