Comments Add Comment

जेभियरका बालवालिकासँग दुई दर्जन स्रष्टाको जमघट

lekhak-and-Xavier-Students

३ पुस, काठमाडौं । पाठ्यपुस्तकमा पढेका र सन्चारमाध्यममा सुनेका लेखक तथा कविहरुलाई एकै ठाउँमा पाउँदा शुक्रवार जेभियर इन्टरनेशनल स्कूल बौद्धका विद्यार्थीहरु अटोग्राफ माग्न झुम्मिए ।

विद्यार्थीहरुलाई लेखक स्रष्टाहरुसँग साक्षात्कार गराउँदै उनीहरुको लेखन क्षमता विकासका उपायहरु सुनाउन विद्यालय प्रशासनले ‘बालबालिकासँग लेखक’ कार्यक्रम आयोजना गरेको थियो ।

कार्यक्रममा प्रसिद्ध साहित्यकारहरु कृष्ण धराबासी, रामप्रसाद ज्ञवाली, माया ठकुरी, युवराज नयाँघरे, झोला चलचित्रका निर्देशक यादव भट्टराईलगायत २ दर्जन स्रष्टाहरुको सामुहिक जमघट थियो ।

Xavier-School

कक्षा १ देखि १० सम्मका विद्यार्थीहरुलाई लेखक तथा कविहरुले आ-आफ्ना बाल्यकालका स्मृति र लेख्ने कलाबारे बुझ्ने भाषामा बताएका थिए ।

स्रष्टाहरुले कविता सुनाउने, कथा सुनाउने र आफ्ना अनुभव साट्ने क्रम २ घण्टासम्म चल्दा पनि विद्यार्थीहरुले रोचक मानेर सहभागिता जनाएको जेभियर इन्टरनेशनलका कार्यकारी निर्देशक लोकबहादुर भण्डारीले बताए ।

सो अवसरमा प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जिवेन्द्रदेव गिरीले विद्यालयमा घोकाउने शिक्षामात्र नभएर विद्यार्थीको चौतर्फी विकासका लागि यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए ।

Xavier-Students

उनले देशका चर्चित स्रष्टाहरुलाई प्रतिष्ठानले समेत एकै ठाउँमा भेला गर्न नसकिरहेको भन्दै बालबालिकासँग दुई दर्जन लेखक साहित्यकारको सामुहिक जमघट ऐतिहासिक रहेको बताए ।

स्कूलले स्रष्टाहरुलाई मायाको चिनोसहित सम्मान गरेको थियो । विद्यार्थीको रचनात्मक विकास गर्न चाँडै नै ‘वैज्ञानिकसँग विद्यार्थी’ कार्यक्रम पनि आयोजना गर्न लागिएको प्रिन्सिपल गोपाल भण्डारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment