Comments Add Comment

आन्दोलन र नाकाबन्दीले २ खर्बभन्दा बढी नोक्सानः महासंघ

pasupati Murarka (3)

  • फाइल तस्वीर

३ पुस, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तत्काल वार्तामा बसेर समस्याको समाधान खोज्न सरकार र आन्दोलनरत दलहरुलाई आग्रह गरेको छ । मधेसवादी दलहरुको आन्दोलन र भारतको नाकाबन्दीका कारण २ खर्ब रुपैयाँभन्दा बढी नोक्सानी भएको महासंघको भनाइ छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पशुपति मुरारकाले विश्वका कुनै पनि मुलुकका संविधान पूर्ण नरहेको भन्दै संविधानलाई पूर्ण बनाउनका लागि आन्दोलन गर्ने नाममा मुलुकलाई नै वर्वाद पार्ने अधिकार मधेसवादी दलहरुलाई नरहेको बताए ।

चार महिनादेखिको आन्दोलन र तीन महिनाभन्दा लामो नाकाबन्दीले गर्दा अर्बौं रुपैयाँका सामान सीमापारि रोकिएका, रोकिएका सामानको विलम्ब शुल्क काबुभन्दा वाहिर गएको तथा कतिपय कच्चा पदार्थ विगि्रएको भन्दै आ-आफ्नो हठ त्यागेर वार्ताबाट समस्याको निकास खोज्न सरकार र आन्दोलनरत दलहरुलाई उनले आग्रह गरे ।

मुरारकाले मुलुकको अर्थतन्त्र ध्वस्त हुने अवस्थातिर उन्मुख भएको सत्यलाई दुवै पक्षले आत्मसात गर्न आवश्यक रहेको बताए । उनले इन्धनको सहज आपूर्ति नहुँदा र कच्चा पदार्थको अभावले जेनतेन चलेका उद्योग पनि बन्द हुने अवस्थामा पुगेको भन्दै ढिपी र हठ प्रदर्शन नगर्न सरकार र आन्दोलनकारी दलहरुलाई आग्रह गरे ।

तस्करीले संस्थागत रुप लिने चिन्ता

महासंघले नाकाबन्दीपछि मुलुकमा तस्करी मौलाएको भन्दै अहिलेकै अवस्था लम्बिए तस्करीले संस्थागत रुप लिने र त्यो मुलुकका लागि निकै घातक हुने चेतावनी दिएको छ ।

खाने तेलमा कालोबजारी गरेको भन्दै व्यवसायीक घराना दुगड ग्रुपका संचालकहरुका नाममा पक्राउ पूर्जी जारी गरेको र केहीलाई हिरासतमा राखेको भन्दै महासंघले आपत्ति जनाएको छ ।

महासंघका अध्यक्ष मुरारकाले इन्धनको सहज आपूर्ति नभएका बेला औद्योगिक उत्पादनको लागत बढ्नु स्वाभाविक भएको भन्दै कालोबजारीको नाममा व्यवसायीहरुले सामान बेच्न नै त्रसित हुने अवस्थाको अन्त्य गर्न सरकारसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment