+
+
Shares

नाका खोल्न भारत उत्सुक छः उपप्रधानमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ५ गते १५:५३

Kamal-Thapa

५ पुस, काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले सीमा नाकामा भइरहेको अवरोध र संकट अन्त्यका लागि भारत उत्सुक रहेको बताएका छन् ।

बेलायत भ्रमणमा गएका थापाले लण्डनबाटै भारतीय समकक्षी सुष्मा स्वराजसँग फोनवार्ता गरेका थिए । आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री थापाले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग भने- ‘सीमामा भइरहेको अवरोध र संकट चाँडो अन्त्य गर्न भारत उत्सुक रहेको पाएको छु ।’

सरकारी वार्ता टोलीका संयोजकसमेत रहेका थापाले मधेस समस्या समाधानको अत्यन्त नजिक रहेको बताए । देशभित्रको समस्या आफैंले समाधान गर्नुपर्ने भन्दै उनले भने-‘केही विषयमा समझदारी भइसकेको छ, केहीमा नजिक छौं भने केही प्रक्रिया अघि बढिसकेको छ ।’

थापाले वार्तामार्फत नै समस्या समाधान खोज्न भन्दै यसका लागि आफू सक्रिय हुने समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?