५ पुस, चितवन । नयाँ शक्ति निर्माण अभियानको विदेश विभाग प्रमुख हिसिला यमीले मधेसका जिल्ला भारतमा विलिन हुने खतरा रहेको दाबी गरेकी छन् । पूर्वमन्त्रीसमेत रहेकी उनले संघीयता विरोधिले अस्थीरता निम्ताएको र मधेसका जिल्लालाई भारतमा विलिन गराउने षडयन्त्र भैरहेको बताइन् ।

चितवनमा आइतबार आयोजित कार्यक्रममा पूर्वमन्त्री समेत रहेकी यमीले भनिन्, ‘मधेसका जिल्लामा भारतमा विलिन हुने खतरा छ ।’
भ्रष्टाचारी नभएको दाबी
मन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप खेपेकी उनले आफू भ्रष्टाचारी नभएको दोहोर्याइन् । ‘म भ्रष्टाचारी भएको भए अख्तियारको लिष्टमा नाम आउँथ्यो,’ उनले भनिन्, ‘मैले गरेको राम्रो कामदेखि रुष्ट भएकाले मलाई गलत आरोप लागाएका हुन् ।’
नयाँ शक्ति अभियानको सामाजिक उत्तरदायीत्व अभियानअन्तर्गत जापानमा संकलित राहत भरतपुरस्थित क्यान्सर अस्पतालमा वितरण गर्न उनी चितवन आएकी हुन् ।
उनले नयाँ शक्तिले मुलुकमा छलाङ मार्ने दावी पनि गरिन् । नयां शक्ति केका लागि भन्ने पत्रकारको जिज्ञासामा उनले भनिन्, ‘बाबुराम जीले धेरै राम्रो काम गरेका कारण देशले संविधान पायो । देश बनाउन बाबुरामले बनाएको नीति कार्यान्वयन गर्न समस्या आएपछि नयाँ शक्ति जन्मिएको हो ।’
बाबुराम पत्नी समेत रहेकी हिसिलाले एमाओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति प्रणाली छाडेका कारण पनि पार्टी त्यागेको उनले प्रष्ट पारित् । नेतृ यमीले एमाओवादी परिवर्तनको पक्षमा नभएको आरोप पनि लगाइन् ।
नयाँ शक्ति अभियान अन्तर्राष्ट्रिय विभाग सदस्य तथा जापानका संयोजक पदम ठगुन्नाले संकलन गरेको ५० हजार रुपैयाँ क्यान्सर पीडित २४ वर्षीया तुलसी खनाललाई हस्तान्तरण गरिएको थियो ।
– राजेन्द्र आचार्यबाट
प्रतिक्रिया 4