Comments Add Comment

गौरमा कर्फ्यू तोडेर प्रदर्शन, प्रहरी चौकीमा तोडफोड र आगजनी

Rautahat-ko-gaur-ma-pradarsan

गौतम श्रेष्ठ

६ पुस, रौतहट । केही दिनदेखि तनावग्रस्त रहेको रौतहट सदरमुकाम गौरमा मधेसी मोर्चाका कार्यकर्ताले कर्फ्यू उल्लंघन गर्दै दिनभर प्रदर्शन गरेका छन् ।

विहान साढे चार घन्टाका लागि हटेको कफ्र्यू साढे १० बजेबाट पुनः लागेको थियो । तर, कर्फ्यू तोडेर प्रदर्शन दिनभर प्रदर्शन भएको छ । 

सुरक्षाकर्मीको गोली प्रहारबाट एक विद्यार्थीको मृत्यु भएपछि आइतबार अपराहृन ४ बजेदेखि कर्फ्यूलागेको थियो । कर्फ्यू उल्लंघन गर्दै सडकमा उत्रिएकाहरुले वीपी चोक लगायत स्थानमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बंकुल, कटहरीया र गंगा पिप्रा प्रहरी चौकीमा प्रदर्शनकारीले आक्रमण गरेका छन् । बंकुल प्रहरी चौकी भित्रको प्रतिक्षालयमा आन्दोलकारीले आगो लगाएका छन् भने एउटा भारतीय नम्बरको मोटरसाइकल समेत जलाएका छन् ।

Curfew-At-Gaur

ईलाका प्रहरी कार्यालय कटहरीयाको बाहिरी पर्खाल आन्दोलनकारीले भत्याएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । गंगा पिप्रामा भने विद्यार्थी मारिएको विरोध गर्दै स्थानिय विद्यार्थीहरुले चार घण्टासम्म प्रहरी चौकी घेराउ गरेका छन् ।

मोर्चा कार्यकर्ताले कोपवा पिपरीयामा पेट्रोल तस्करी गरेको भन्दै भारतीय नम्बरको मोटरसाइकलमा आगजनी गरेका छन् ।

आइतबार गौरको विपी चोकमा भएको झडपमा सुरक्षाकर्मीको गोली लागेर तेजापाकड गाविस १ का १५ वर्षका शेष तबरेज आलमको मृत्यु भएको थियो । मृतकको शव अझै पनि जिल्ला अस्पताल गौरमा राखिएको छ ।

मृतकको आफन्तहरुसँग सम्पर्क भएको र आवश्यक कागजी प्रकृया पुरा गरी क्षतिपूर्तिका लागी पहल गरेको प्रमुख जिल्ला अधिकारी नरहरी बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment