+
+
Shares

मन्त्रालय फुटाउने सैद्धान्तिक सहमति

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ९ गते ११:००

Pmo-Office

९ पुस, काठमाडौं । दलहरुवीच पदीय भागवण्डा मिलाउने उद्देश्यले सरकारले ठूला मन्त्रालयहरु फुटाउने सैद्धान्तिक सहमति गरेको छ । यो सहमतिसँगै अब मन्त्रिपरिषद विस्तारको बाटो खुलेको छ ।

विहीबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालय फुटाउने सहमति गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री शेरधन राईले पत्रकारहरुलाई जानकारी दिए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा यसबारे छलफल भए पनि कुन-कुन मन्त्रालय फुटाउने भन्ने निर्णय चाँहि हुन सकेन ।

केही साना दलहरुलाई सरकारमा सहभागी गराउने तयारी स्वरुप मन्त्रालय फुटाउने सरकारले तयारी गरेको हो । अहिले पनि विनाविभागीय मन्त्रीका रुपमा केही साना दलका नेताहरुलाई सपथ गराउने सम्भावना कायमै छ ।

एक मन्त्रीले अनलाइनखबरसँग भने-मन्त्रालय फुटाउनेबारे छलफल भए पनि कुन-कुन मन्त्रालय फुटाउने भन्ने ठोस प्रस्ताव आएन, गृहकार्य गरेर केहीपछि मात्रै निर्णय गर्ने भन्ने भएको छ ।’

मन्त्रालय फुटाउने सहमतिसँगै साँझ ५ बजे फेरि क्यानिबेट बैठक बस्ने भएको छ । साँझसम्म मन्त्रिपरिषद विस्तार हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?