१० पुस, काठमाडौं । राजनीतिक गतिरोध अन्त्यको प्रयासमा एमाओवादी अध्यक्ष प्रचण्डले राजनीतिक परामर्श तीव्र पारेका छन् । उनले शुक्रबार नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाका शीर्ष नेताहरुसँग छुट्टा छुट्टै छलफल गरेका छन् ।
विहान कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल गरे । उनले शुक्रबारै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तमलोपाका अध्यक्ष महन्थ ठाकुरसँग पनि छलफल गरेका छन् ।
मधेसी मोर्चाका मागमा कसरी सहमति जुटाउने भनेर नेताहरुसँग छलफल गरेको र छलफल सकारात्मक भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4