+
+
Shares

‘ऊनको स्वीटर’को सुखद ओपनिङ, सिनेमाघरमा फर्कियो रौनक

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २७ गते १२:५१

लामो समयको सन्नाटालाई चिर्दै सिनेमाघरमा ‘ऊनको स्वीटर’ले आक्रामक सुरुवात गरेको छ । देशव्यापी प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिन १९० शो पाएको थियो। काठमाडौं उपत्यकादेखि पूर्व–पश्चिमका मल्टिप्लेक्स र सिंगल थिएटरसम्म लगभग सबै शोमा दर्शकको उल्लेख्य उपस्थिति देखियो ।

शुक्रबार बिहानैदेखि सुरु भएको दर्शकको चाप राति अबेरसम्म कायम रह्यो । अधिकांश हलमा प्रायः सबै शो हाउसफुल भए । पहिलो दिनको यो सफलताले उत्साहित हल सञ्चालकहरूले शनिबारका लागि शो सङ्ख्या बढाएका छन् । वितरक गोविन्द शाहीका अनुसार शनिबार बिहानैदेखि अधिकांश हल हाउसफुल भएका छन्। हाल यो फिल्म ३०० भन्दा बढी स्क्रिनमा प्रदर्शन भइरहेको छ ।

‘ऊनको स्वीटर’ले दर्शकबाट अत्यन्त सकारात्मक प्रतिक्रिया पाइरहेको छ। शुक्रबार र शनिबारको कलेक्सन एकसाथ सार्वजनिक गरिने बताइएको छ ।

यो फिल्मले नेपाली समाज, संस्कृति र प्रेमकथालाई सुन्दर ढङ्गले समेटेको छ । नवीन चौहानद्वारा निर्देशित यो फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेललगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?