११ पुस, काठमाडौं । भारत र पाकिस्तानको सीमा क्षेत्रमा शनिबार बिहानै भूकम्प धक्का महशुस गरिएको छ । अमेरिकी भूवैज्ञानिकका अनुसार अफगानिस्तान तथा ताजिकिस्तानको सीमा नजिकै रहेको फैजावाद भन्ने स्थानमा भूकम्पको केन्द्र रहेको थियो । उक्त क्षेत्रमा ६.२ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूवैज्ञानिकले बताएका छन् ।
भूकम्पले मानवीय क्षति नभएपनि पाकिस्तानका ४० जना मानिस घाइते भएको बीबीसीले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
भूकम्पको झड्का भारतका विभिन्न सहरका साथै पाकिस्तान, अफगानिस्तानमा पनि महशुस गरिएको थियो ।
भारतमा सबैभन्दा बढी कास्मिरको राजधानी श्रीनगरमा भूकम्पको धक्का महशुस गरिएको थियो ।
भूकम्पको धक्का महशुस भएपछि स्थानीयहरु घरबाट बाहिर निस्किएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4