+
+
Shares

कांग्रेसलाई एउटा सांसद थपियो, कमालको कारबाही फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १३:३२

Aatahar-Kalam-Musalman
११ पुस, काठमाडौ । नेपाली कांग्रेसले कपिलवस्तु जिल्लाका आफ्ना विद्रोही नेता तथा स्वतन्त्र सांसद अतहर कलाम मुसलमानको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । मुसलमानका प्रस्तावक हलिम मुसलमानको कारबाही पनि फुकुवा भएको छ ।

कांग्रेस पदाधिकारीको हालै महाराजगञ्जमा बसेको बैठकले सांसद मुसलमानको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो । ‘दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएर कपिलवस्त-२ बाट निर्वाचित सांसद अतहर कलाम मुसलमानको कारबाही फुकुवा गर्ने निर्णय भएको छ’, कांग्रेस उच्च स्रोतले भन्यो, ‘अब अतहर कलाम मुसलमान र उहाँका प्रस्तावक हलिम मुसलमानको क्रियाशील सदस्यता नवीकरण हुन्छ ।’

स्रोतका अनुसार १/२ दिनमा कांग्रेस केन्द्रीय कार्यालयले कारबाही फुकुवासम्बन्धी पत्र सांसद मुसलमानलाई दिनेछ । सो पत्र लिएर जिल्ला कार्यसमिति कपिलवस्तुमा बुझाउने तयारी सांसद मुसलमानले गरेको बुझिएको छ ।

कांग्रेसमा पुनः आवद्ध भएपछि मुसलमान स्वतन्त्र सांसदबाट कांग्रेसका सांसद मानिने छन् र यसबाट कांग्रेसको सदस्य संख्या थप हुने छ ।

यस विषयमा सोधिएको जिज्ञासामा सांसद मुसलमानले भने-‘मेरो र मेरा समर्थकलाई कांग्रेसले गरेको कारबाही फुकुवा गर्ने निर्णय गरेको सुनेको छु, अझै पत्र पाइसकेको छैन । अब म कांग्रेसमा फेरि सक्रिय हुनेछु ।’

कपिलवस्तु क्षेत्र नम्बर २ बाट दोस्रो संविधानसभा निर्वाचनमा मुसलमानले ५ हजार बढी मत लिएर जितेका थिए । उनका निकटतम् प्रतिद्वन्द्वी तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका सहसराम यादव थिए । कपिलवस्तु- २ मा कांग्रेसका उम्मेदवार राजेश आचार्य नवौँ स्थानमा थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?