+
+
Shares

अख्तियारले सुरु गर्‍यो पडि्कएका ट्रान्सर्फमरको निरिक्षण

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १३:१४

Top Bdr At transfarmar Repair Center (10)११ पुस, काठमाडौं । दैनिकजसो बिजुलीका ट्रान्सर्फमर पडि्कएर सर्वसाधारणले सास्ती भोगिरहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पडि्कएका ट्रान्सर्फमको निरिक्षण थालेको छ ।

अख्तियारमा उजुरीहरु परेपछि ट्रान्सर्फमरको गुणस्तर जाँच गर्न अख्तियारको विषेश टोलीले शनिबारदेखि निरिक्षण थालेको हो ।

अख्तियारको टोलीले राजधानीका विभिन्न स्थानमा पडि्कएका ट्रान्सर्फमको स्थलगत निरिक्षण गरी गुणस्तर छानविन गर्ने बताइएको छ ।

चीसोको समयमा ग्यास पनि नहुँदा र बिजुली पनि तीन/चार दिनसम्म नआउँदा उपभोक्ता चरम मारमा परेको भन्दै अख्तियारमा उजुरी दिएका थिए ।

भारतले नाकाबन्दी लगाएपछि पेट्रोल तथा ग्यासको चरम अभाव सिर्जना भई विद्युतको माग अप्रत्यासितरुपमा बढेपछि नेपाल विद्युत प्राधिकरणका ट्रान्सर्फमरहरु धमाधम पडि्न थालेका हुन् ।

हालसम्म ५ सय ट्रान्सर्फमर पडि्कएको र त्यसबाट राज्यलाई ३५ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको उर्जा मन्त्रालयले जनाएको छ ।

बिहीबार मात्रै उर्जामन्त्री टोपबहादुर रायमाझीले विद्युत प्राधिकरणको मर्मत केन्द्र मै पुगेर पड्किएका ट्रान्सफर्मरको अबलोकन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?