+
+
Shares

मधेसी गठवन्धनले मधेसमा भैंसी जुलुस निकाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १७:१०

Jp,-Sarat-sing,-Raj-kishor-and-Anil-jha

११ पुस, काठमाडौं । शरदसिंह भण्डारी र जेपी गुप्तासहितको संघीय समावेशी मधेसी गठवन्धनले भैंसी जुलुस निकाल्ने भएको छ ।

बिराटनगरमा बसेको मधेसी गठवन्धनको बैठकले नौबुँदे माग सम्बोधन नभएको भन्दै आमहड्ताल र नाकाबन्दीलाई जारी राख्ने निर्णय समेत गरेको छ । सरकारले संसदमा पेश गरेको संविधान संशोधन अधुरो भएको र यसले मधेस आन्दोलन माग पुरा नगर्ने उसले बताएको छ ।

गठवन्धनले भोलि तरार्इका सबै जिल्लामा भैंसी जुलुस प्रदर्शन गर्ने निर्णय गरेको छ । भैंसी जुलुस प्रदर्शन गरेर भैसीलाई नै ज्ञापन पत्र समते बुझाइने उसले बताएको छ ।

‘यो प्रतिकात्मक कार्यक्रमको उद्देश्य हालसम्म वेवास्ता हुनु भनेको भैंसीका सामुन्ने बीन बाजा बजाउनु सहर भएको देखाउनु हो’ तराई मधेस राष्ट्रिय अभियानका संयोजक एवं मोर्चाका नेता जेपी गुप्ताले भनेका छन् ।

गठवन्धने बृहत मधेसी महागठवन्धन निर्माण अभियानका लागि १४ गतेे दबावमुलक अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?