+
+
Shares

ओलीलाई नारायणकाजीको चेतावनीः जे गरेपनि समर्थन गर्छ भन्ने नसोच्नुस्

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष ११ गते १६:१४

Narayan-Kaji-Shrestha

११ पुस, काठमाडौं । एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले ‘जे गरेपनि एमाओवादीले समर्थन गर्छ’ भन्ने नसोच्न प्रधानमन्त्रीलाई चेतावनी दिएका छन् । मन्त्रालय फुटाउन आफ्नो सहमति नभएको भन्दै उनले सरकारको कदमलाई दुभाग्यपूर्ण भएको बताए ।

शनिबार बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता श्रेष्ठले भने-प्रधानमन्त्रीले जे गरेपनि एमाओवादीले समर्थन गरिहाल्छ भनेर नलिन गम्भीर रुपमा सचेत गराउन चाहन्छौं । हामी सन्तुष्ट छैनौं भन्ने बुझ्नुपर्छ ।’

मन्त्रालय नथप्ने एमाओवादी स्थायी समितिले नै राखेको भन्दै उनले प्रशासन सुधार आयोगको सुझाव कार्यान्वयन गर्ने भए मन्त्रालय घटाउन तयार रहेको बताए । उनले भने-मन्त्रालयको संख्या घटाउने वा बढाउने भन्ने प्रधानमन्त्री वा सत्तारुढ पार्टीहरुलाई लाग्यो, त्यसकारण थप्ने वा घटाउने भन्ने होइन । वैज्ञानिक आधार चाहिन्छ ।’

उनले अघि भने-बरु प्रशासन सुधार आयोगले सुझाव अनुसार मन्त्रालयको संख्या घटाउने हो भने हाम्रो ८ मन्त्री मध्ये कति घटाउनुपर्छ, तयार छौं ।’

मधेस आन्दोलन चाँडै हल हुने भन्दै श्रेष्ठले तराई आन्दोलनमा भारत गलतरुपमा प्रवेश गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?