Comments Add Comment

प्रधानमन्त्रीका सल्लाहकारको प्रश्न- वार्ता सकारात्मक भएका बेला ढुंगा हान्न किन गएको ?

Bishnu Rimal (2)
१२ पुस, काठमाडौं । सहमतिको प्रयासमा काठमाडौं भइरहेको वार्ता ‘सकारात्मक’ भइरहेका बेला शनिबार बिराटनगर नाकामा झडप भयो र मधेसी मोर्चाका नेता राजेन्द्र महतो घाइते भए ।

जब-जब सहमतिका लागि सकारात्मक वातावरण बन्छ, तब-तब यस्तै घटना हुने गरेको छ । कहिले प्रहरीको गोलीबाट प्रदर्शनकारी मारिन्छन् त कहिले सीमा नाकामा धर्नाकारीहरुलाई प्रहरीले बल प्रयोग गरेर हटाउँछ ।

योपटक मधेसी मोर्चाका चार शीर्ष नेतामध्येका एक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरीको लाठीबाट घाइते भएका छन् ।

यस्ता घटनाले वार्ताको वातावरण विगार्ने मधेसी मोर्चाले चेतावनी दिएको छ भने सद्भावनाले घटनाबारे माफी नमागेसम्म सरकारसँग औपचारिक वार्ता नगर्ने बताएको छ र मोर्चालाई पनि त्यही दबाव दिएको छ ।

महतोमाथि आक्रमण भएको घटनामा धेरैले सरकारको आलोचना गरेका छन् । प्रचण्डले आइतबार विराटनगर पुगेर महतोमाथिको आक्रमणलाई दुःखद बताएका छन् । तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले भने वार्ता सकारात्मक भइरहेका बेला सीमा नाकामा किन ढुंगा हान्न गएको भनी प्रश्न गरेका छन् ।

अनलाइनखबरसँग कुरा गर्दै एमाले नेतासमेत रहेका रिमालले आन्दोलनकारी वा प्रहरी जोकोही घाइते भएको भए पनि घटना प्रिय नभएको बताए । उनले भने, तर, मैले पनि बुझेको छैन कि वार्ता सकारात्मक भइरहेका बेला किन ढुंगा हान्न गएको ?’

मोर्चाका अरु नेताहरु वार्ता सक्रिय रहेको भन्दैप्रधानमन्त्रीका सल्लाहकार रिमालले भने- ‘मैले पनि बुझ्न सकेको छैन, शीर्ष नेताहरु वार्ता गरिरहेका बेला किन स्थिति बिगार्ने र निहुँ खोज्ने काम हुन्छ ? र, यस्ता घटनाहरुमा राजेन्द्रजीको नाम नै किन जोडिन्छ ?’

रिमालले सबैले वार्ता र सहमतिका लागि सकारात्मक वातावरण बनाउनुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment