Comments Add Comment

सरकारले वार्ताको ढोका बन्द गर्न खोज्योः मधेसी मोर्चा

Madhesi-Morcha

१२ पुस, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकार आफैंले वार्ताको ढोका बन्द गर्न खोजेको आरोप लगाएको छ । साथै उसले मोर्चाका नेता राजेन्द्र महतोमाथि भएको घटनाको छानविनका लागि न्यायिक समिति गठनको माग गरेको छ ।

आइतबार साँझ सिंहदरबारमा बसेको मधेसी मोर्चाको बैठकले सद्भावना पार्टीका अध्यक्ष महतोमाथि भएको लाठी प्रहारको घटनाको भत्र्सना गरेको छ ।

विराटनगरको रानी भन्सार नाकामा धर्ना दिने पुगेका मधेसी मोचाका नेता महतो प्रहरीसँगको झडपमा घाइते भएका थिए ।

मधेसी मोर्चाले महतो लगायतका नेतालाई लाठी प्रहार गरी घाइते बनाउने प्रहरीमाथि कारवाहीको माग गरेको छ । बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भने-‘सरकारले न्यायीक छानविन समिति बनाएर दोषीमाथि कारबाही गर्नुपर्छ । यस खालका बर्बरतापूर्वक दमन गर्ने कार्यलाई तत्काल बन्द गरी उठाइएका मुद्धाहरुलाई सम्बोधन गर्नुपर्छ ।’

शान्तिपूर्ण रुपमा धर्नामा बसेका बेला प्रहरीले लाठी प्रहार गरेको भन्दै मधेसी मोर्चाले सरकारले वार्ता भाँड्नतिर लागेको बताएको छ । ‘हामी वार्ता भनेर एक महिनाभन्दा बढी समयदेखि कुरेका छौं । बोलाउने वित्तिकै बसेका पनि छौं’ यादवले भने-‘यता वार्ताको नाटक गर्ने, उता नरसंहार गर्ने । यो दुबै कार्य एकसाथ कसरी चल्न सक्छ ।’

उनले अघि भने-‘ सरकारले चाहेको छ कि वार्ताको ढोका बन्द गरौं । दमन भनेको वार्ताको अवरोध हो र यो राज्यले नै खडा गरेको छ ।’

बैठकले सरकार वार्तामार्फत आन्दोलनका एजेण्डान सम्बोधन गर्न गम्भिर नदेखिएको भन्दै आन्दोलन चर्काउने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment