Comments Add Comment

नेपाल भारतसँग पराजित, साफ च्याम्पियनसिपको समूह चरणबाटै बाहिरियो

Bimal-Ghatri-Goal-Against-India

१२ पुस, काठमाडौं । भारतसँगको हारसँगै नेपाल साफ च्याम्पियनसिप फुटबलको समूह चरणबाटै बाहिरिएको छ ।

आइतबार भएको आफ्नो दोस्रो खेलमा नेपाल घरेलु टोली भारतसँग ४-१ ले पराजित भएको छ । समूह एबाट भारत विजेता बनेको छ भने श्रीलंका उपविजेता बन्दै सेमिफाइनलमा पुगेको छ ।

केरालामा भएको खेलमा नेपालले तेस्रो मिनेटमा गोल गर्दै सुरुवाति अग्रता लिएको थियो । घरेलु टोलीविरुद्ध विमल घर्ती मगरले गोल गरे ।

नवयुग श्रेष्ठले वान भर्सेज वानमा हानेको बल बारमा लागेर फर्किएको बलमा बिमलले गोल गरे । यससँगै नेपालले ११ खेलमा गोलको खरेडी तोठियो ।

Nepal Vs India (7)

तर, नेपालले अग्रता जोगाउन सकेन । २६ औं मिनेटमा भारतका रोविलिन बार्गासले बराबरी गोल फर्काए ।

६८ औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरे भने ८१ औं मिनेटमा लालिनजुआलाले गोल गरे । अन्तिम मिनेटमा लालिनजुआलाले उत्कृष्ट गोल गर्दै भारतलाई ४-१ को जित दिलाएका छन् ।

Nepal Vs India (1) Nepal Vs India (2) Nepal Vs India (3) Nepal Vs India (4) Nepal Vs India (5) Nepal Vs India (6) Nepal Vs India (8) Nepal Vs India (9)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment