Comments Add Comment

पूर्वप्रधानमन्त्री कोइराला पनि साइकल चढे

१५ पुस, काठमाडौँ । ‘वातावरण मैत्री राष्ट्रिय अभियान’अन्तर्गत बुधबार पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालालाई वातावरणमैत्री साइकल प्रदान गरिएको छ ।

sushil-Koirala-riding-Schooकोइराला निवास महाराजगञ्जमा बुधबार जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले साइकल हस्तान्तरण गर्नुभएको हो । पूर्वप्रधानमन्त्री कोइरालाले केहीबेर साइकल चढेर अभियानमा सहभागिता जनाएका थिए ।

‘थोपा-थोपा इन्धन बचाउन र वातावरणमैत्री राष्ट्रिय अभियानमा सहभागी बनौँ’ नाराका साथ मन्त्रालयले साइकल प्रयोगमा प्रोत्साहन गर्दैआएको छ ।

यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रालयले साइकल प्रदान गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment