Comments Add Comment

राजेन्द्र महतोलाई भेट्न मन्त्री अस्पताल पुगे

Rajnedra Mahato

१५ पुस, धरान । विराटनगर नाकामा प्रहरीसँग भएको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भेट्न सरकारका एक मन्त्री धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगेका छन् ।

पर्यटनमन्त्री आनन्द पोखरेलले बुधबार अस्पताल पुगेर मधेसी मोर्चाका नेता महतोलाई भेटेका हुन् । ‘कार्यक्रमका लागि धरान आएको थिएँ । उहाँलाई पनि भेटेर स्वास्थ्यलाभको कामना गरेँ’ मन्त्री पोखरेलले अनलाइनखबरसँग भने ।

उनका अनुसार महतोको टाउको, हातका औला र खुट्टामा चोट लागेको छ र स्वास्थ्य अस्वस्था सामान्य छ ।

Aananda-Pokhreal
मन्त्री पोखरेल

मन्त्री पोखरेलसँगको भेटमा महतोले धेरै कुरा गर्न चाहेनन् । तर, आफूले ठिक भएर वार्ताका लागि काठमाडौं आउन आग्रह गरेको मन्त्री पोखरेलले बताए ।

उनले भने-तपाई जस्तो राजनीतिक मान्छे, वार्तामा बस्नुपर्छ । तपाईले लिड नगरे कसले गर्छ भनेर मैले भनेको छु ।’

गत शनिबार विराटनगरको रानी भन्सारमा धर्ना दिन गएका महतो प्रहरी झडपमा घाइते भएका थिए ।

केही दिन विराटनगरमा उपचार गरेर उनलाई धरान लगिएको छ । मधेसी मोर्चाका नेता महतोको घाउ समान्य भएपनि उच्च रत्तचाप र मधुमेहको पुरानो रोगले बढी सताएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment