+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

नेपाली फिल्म ‘कबड्डी कबड्डी’ सिकागोमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७२ पुष २० गते १३:५५

KABADDI-Nepali-Film-UK

४ जनवरी, सिकागो (अमेरिका) । सधै हलिउड र बलिउडका फिल्म प्रदर्शन हुने सिकागोको  फिल्म सोमबार  नेपाली फिल्म ‘कबड्डी कबड्डी’ भब्य प्रदर्शन भयो । सिकागोको नजिकै नाइल्स्मा  रहेको बिग सिनेमा हलमा  दर्शकहरुको व्यापक उपस्थितिमा एकै पटक २  शो फिल्म प्रदर्शन गरिएको थियो ।

धेरै समयपश्चात सिकागोमा रहेका नेपालीहरुले नेपालि फिल्ममा  कबड्डी कबड्डी हेर्न पाएकोमा धेरै खुशी व्यक्त गरे । हिन्दी फिल्म समेत हेर्न  रुचि लागेर बेला बेलामा हल सम्म पुग्ने गरेका नेपालीहरु यस पटक  टिपिकल नेपाली कथाबस्तु रहेको नेपाली फिल्म हेर्न पाएका हुन् ।

सधै कामको मात्र कुरा गर्नेहरु आज आइतबार बिदाको दिन नेपाली फिल्मको स्तर, प्रबिधि र  भविष्यको  बारेमा चर्चा गरिरहेका भेटिन्थे । नेपालमा भर्खर प्रदर्शनमा आएको उक्त फिल्मलाई अमेरिकामा पहिलो पटक ल्याएकोमा सिकागोमा यसरि पहिलो प्रदर्शन गरिएको हो ।

सिकागोमा रहेको नेपालीहरुको संस्था सिकागोल्याण्ड नेपाली मैत्री समाजको आयोजनामा सम्पन भएको उक्त फिल्म प्रदर्शन गर्न संस्थाले उपसभापति गणेश थापाको संयोजकत्वमा  गोपाल  कँडेल, काशी शिंह, जितेन्द्र राना, इश्वरी बगाले, खेम  पाठक, टेकराज पौडेल, टेक केसी, रमाकान्त खरेल, दल स्रेस्ठ, थानेश्वर पाठक, भोज राज पाठक,  कृष्ण पाठक, बिक्रम थापा  र  सुरज घिमिरे रहेको टिकट वितरण तथा ब्यबस्थापन समिति बनाइ कार्यक्रम अगाडी बढाएको थियो  ।

कार्यक्रममा व्यापक नेपाली समुदायको उपस्थीति देखिँदा आयोजक त खुशी देखिने नै भए हल मालिक समेत यति बाक्लो नेपाली समाज सिकागोमा रहेछ भन्दै अचम्म परे । हल मालिकले नेपाली अरु फिल्महरू देखाउन पनि आफुहरू तयार भएको र यसको वितरण के कसरि हुन्छ, नेपाली फिल्म निर्मातासँग सम्पर्क गरिदिन अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?