Comments Add Comment

भारत छिर्न २४ घन्टे पास

Biratnagar-Jogbani-Naka
२९ पुस, काठमाडौं । जोगबनीस्थित भारतीय भन्सारले २४ घन्टाका लागि भन्दै भारत प्रवेश गर्ने नेपाली सवारीसाधनसँग रकम उठाउन थालेको छ ।

नयाँ नियमअनुसार भारतीय भन्सारमा नेपाली सवारीसाधनलाई प्रतिमोटरसाइकल ३० रुपैयाँ, सिटीरिक्सा ७० रुपैयाँ, साना चारपांग्रे साधन ८० रुपैयाँ र बसलाई एक सय ५० रुपैयाँ शुल्क लिन थालिएको छ ।

औद्योगिक कच्चा पदार्थ, विभिन्न तयारी वस्तु र व्यापारिक सामान बोकेर भारत प्रवेश गर्ने ढुवानीका साधनबाहेक नेपाली नम्बर प्लेटका सवारीसाधनलाई जोगबनी भन्सार कार्यालयले एक दिनको मान्यता पाउने गरी अस्थायी पासको व्यवस्था गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

उद्योग वाणिज्य महासंघ पूर्वाञ्चलका महासचिव रवीन दाहालले विगतमा प्रवेश पासको व्यवस्था नभए पनि नाकाबन्दी हटाउन लागेका बेला यस्तो पास व्यवस्था गरिएकोप्रति आश्चर्य व्यक्ति गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment