Comments Add Comment

स्टाण्डर्ड चार्टर्डका ग्राहकहरुका लागि बैंक तथा ग्राण्डी इन्टरनेशनल हस्पिटलको साझेदारी

Grande-and-Standard
काठमाडौं । स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लि. तथा ग्राण्डी इन्टरनेशनल हस्पिटलले आधिकारिक रुपमा पार्टनरशीप सम्झौतामा सहमति गरेको छ । यस सम्झौता अन्तर्गत ग्राण्डी हस्पिटलको सेवाहरुमा स्टाण्डर्ड चार्टर्डका प्रायोरिटी ग्राहकहरुले १० प्रतिशत तथा डेबिट वा क्रेडिट कार्ड होल्डरहरुले ७.५ प्रतिशत छुट पाउने छन । यसको अतिरिक्त, ग्राण्डी इन्टरनेशनल हस्पिटलले बैंकका प्रायोरिटी ग्राहकहरुलाई पर्साेनलाइज्ड सेवाहरु पनि प्रदान गर्ने भएको छ ।

स्टाण्डर्ड चार्टर्डले निरन्तर रुपमा प्रायोरिटी बैंकिङ्ग कारोबार चलाउँदै आएको छ जस अन्तर्गतका ग्राहकहरुका लागि विभिन्न अफर, अवसरहरु तथा डिस्काउन्टहरु उपलब्ध हुँदै आएको छ ।

सम्झौता पछि स्टाण्डर्ड चार्टर्ड बैंककी क्लाइन्ट रिलेशनशीप तथा प्रायोरिटी क्लाइन्ट्स् प्रमुख किपा खालिङ्गले भनिन्-‘हाम्रा ग्राहकहरुको आवश्यकतालाई बुझ्दै त्यसलाई पूरा गर्दै जाने कम्पनीको निरन्तर प्रयास अनुरुप नै ग्राण्डी इन्टरनेशनल हस्पिटलसँग यो पहल गरिएको हो । ग्राहकहलाई एक्सक्लुजिभ र मौलिक लाभहरु प्याकेज गर्दै उनीहरुलाई अझै उत्कृष्ट फाइदाहरु दिन बैंक प्रतिबद्ध छ । ग्राहकहरुलाई अझै राम्रो लाभ दिने हाम्रो निरन्तर प्रयासको यो एउटा अनुपम उदाहरण हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment