+
+

फुटसलमा लागेको प्रतिवन्ध एकदिनमै हट्यो

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ १ गते १५:३४

Footsal

१ माघ, काठमाडौं । नेपाली प्रहरीले उपत्यकाका फुटसलमा लगाएको प्रतिवन्ध २४ घन्टा नवित्दै हटेको छ ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा शुक्रबार भएको छलफलमा फुटसल सञ्चालनमा लगाइएको प्रतिवन्ध फुकुवा गर्नेसहितका १८ बुँदे सहमति भएको छ । छलफलमा व्यवसायीहरुले कानूनको परिधिमा रहेर व्यवस्थित रुपले फुटसल सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।

१८ बुँदे सहमतिमा एक महिनाभित्र सीसीटीभी राख्ने, शौचालयको व्यवस्था हुनु पर्ने, तीन महिनाभित्र साउण्ड प्रुफ बनाउने, शूल्क सार्वजनिक गर्ने, खेलाडीको विमा गर्ने लगागत उल्लेख छ ।

नेपाल प्रहरीले नियमन र अनुगमन गर्ने व्यवस्था सहित फुटसलहरु पुनः संचालनमा आउने जानकारी दिएको छ ।

प्रहरीले बिहीबार एक्कासी फुटसलहरु बन्द गराएको थियो । काठमाडौं उपत्यकामा ५१ वटा फुटसल छन् ।

प्रहरीले छिमेकीको उजुरी परेको र विकृति बढेको भन्दै फुटसल बन्द गराएपछि व्यवसायीहरु आक्रोसित भए । उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले समेत फुटसल बन्द गर्ने निर्णयको विरोध गरे ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले अनलाइनखबरसँग भने-हामीले प्रतिवन्ध लगाएका होइनौं । सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टीम बनाएको छु, यसले मापदण्ड बनाउाछ ।’ त्यही मापदण्डका आधारमा फुटसलहरु सञ्चालनमा आउने प्रजिअ सुवेदीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?