Comments Add Comment

पार्टी सुस्त हुनुमा मेरो पनि कमजोरी : देउवा

Sher-Bahadur-Deuba

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आफूलाई सभापतिमा विजयी गराए पार्टीलाई गुटबन्दीविहीन बनाउने दाबी गरेका छन् । उनले पार्टी अहिले निकै सुस्त गतीमा चलेको भन्दै त्यसमा आफ्नो पनि कमजोरी रहेको स्वीकार गरे ।

नेपाल ट्रेड युनियन कांग्रेसको वाग्मती दोस्रो राष्ट्रिय परिषदको आइतबार काठमाडौंमा उदघाटन गर्दै कांग्रेसका वरिष्ठ नेता देउवाले आफू सभापतिमा निर्वाचित भए गुटबन्दी अन्त्य गरी पार्टीलाई गतिशील बनाएर देखाउने बताए ।

नेता देउवाले पार्टीको केन्द्रीय समितिमा श्रमिकहरुका लागि अहिले नै कोटा आरक्षण गर्न नसकिने स्पष्ट पारे । उनले श्रमिकहरुका लागि कोटा आरक्षण गर्न पार्टीको विधान संशोधन गरिनुपर्ने भन्दै यस विषयमा महाधिवेशनमा आवाज उठाउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment