+
+
Shares

चीनले सिंहदरबारमा एक मेगावाटको सोलार जोड्ने

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ४ गते १८:५०

Solar-Panels

४ माघ, काठमाण्डौ । चीनले सिहंदरबारमा एक मेगावाटको सोलार सिस्टम जडान गरिदिने भएको छ । ५ मेगावाट सोलार बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तयारी थालिएपनि तत्काल एक मेगावाट मात्र बिजुली निकाल्न लागिएको हो ।

चिनियाँ सरकारी कम्पनीले गरेको अध्ययनले सिहंदरबारमा तत्काल एक मेगावाट मात्र सोलार उत्पादन गर्न सकिने निश्कर्ष निकालेको हो । सिंहदरबारमा सोलार बिजुली जोड्न चीन सरकारले आथिर्क तथा प्राविधिक सहयोग गर्ने भएको छ ।

त्यसका लागि डिजाइनिङको काम अघि बढेको उर्जा मन्त्रालयले जानकारी दिएको छ । डिजाइन सकिएलगत्तै सोलर सिस्टमको खरिद प्रक्रिया अघि बढ्ने उर्जा मन्त्रालयका सह-प्रवक्ता गोकर्ण पन्थले अनलाइनखरबलाई जानकारी दिए ।

‘चीन सरकारले एकवर्षभित्र सिहंदरमारमा सोलार सिस्टम जडान गरिसक्ने बताएको छ’ सहप्रवक्ता पन्थले भने-‘हामीले ६ महिनाभित्र नै यसलाई टुंग्याउन आग्रह गरेका थियौं । तर, प्राविधिक सबै काम सक्न एकवर्ष लाग्ने जवाफ आएको छ ।’

मूल भवन नै अयोग्य

सिंहदरबार भित्रका १८ वटा भवनमा मात्र सोलारका प्यान राखिने भएको छ । प्यानलबाट जम्मा हुने बिजुलीलाई एकीकृत गरी सिहंदरबार भित्र नै प्रयोग गर्ने सरकारको योजना छ ।

त्यहाँका धेरै भवनको माथिल्लो भागमा जस्तापाता प्रयोग भएकाले सोलार प्यानल राख्न नसिकिने देखिएको छ । यस्तै बैशाखको भूकम्पले क्षति पुगेका भवनहरुमा पनि प्यानल राखिने छैन । पूनर्निर्माण र मर्मत गर्नुगर्ने तथा तला थप्ने भवनमा पनि सोलार प्यानल नराखिने भएको छ । सिहंदरबारकै मूल भवन पनि सोलार प्यानल राख्न अयोग्य देखिएको छ ।

सिहंदरबारमै अपुग, ग्रीडमा भने जोडिने

सिहंदरबारमा उत्पादन हुने एक मेगावाट बिजुली त्यहाँका लागि अपुग हुने छ । तर, विदाका दिन सिंहदरबारको बिजुली ग्रीडमा जोड्ने व्यवस्था गर्ने सरकारी तयारी छ ।

झण्डै ५ वर्ष अघि अर्थात ०६७ सालमा सिंहदरबारभित्रै सोलार प्यानल राखेर ५ मेगावाट सौर्य विद्युत उत्पादन गर्ने निर्णय भएको थियो । तर, अध्ययन प्रक्रियामा भएको ढिलाई हुँदा योजना अझै पुरा भएको छैन । ०७० को माघदेखि चिनियाँ टोलीले सिहंदरबारमा अध्ययन थालेको थियो ।

यो पनि पढ्नुहोस्

किन भएन सिंहदरबारमा सोलार जडान ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?