+
+
Shares

आमा बन्दै झरना बज्रचार्य, सार्वजनिक गरिन् यस्तो फोटो

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ४ गते १४:२४

gharna-pregnent
भारतीय मुलका मलेसियन नागरिकसँग बिहे गरेकी मोडल तथा नायिका झरना बज्रचार्य  पनि आमा बन्ने भएकी छिन् । केही दिन अगाडि पूर्व मिस नेपाल माल्भिका सुब्बाले आफू आमा बन्न लागेको भन्दै आफ्नो इन्स्ट्राग्राममा तस्बिर सार्वजनिक गरेकी थिइन् ।

नायिका बज्रचार्यले पनि आफ्नो इन्स्ट्राग्राममा आफनो तस्बिर सार्वजनिक गर्दै खुशी जनाएकी छिन् । उनले आफ्नो परिवारमा नयाँ सदस्यको आगमन हुन लागेको भन्दै खुशी व्यक्त गरेकी छिन् ।

उनले यसलाई एकदमै उत्साहको समय भन्दै आफूहरु बल्ल परिवार बन्न लागेको जनाएकी छिन् । झरनाले यो विना आफूहरु अपुरो हुने पनि लेखेकी छिन् ।

उनले यो कुरा शेयर गरेपछि उनलाई उनका फ्यान र आफन्तले वधाई दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?