
४ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यकामा बुधबारदेखि निजी मोटरसाइकललाई पेट्रोल वितरण गर्ने भएको छ ।
सोमबार वाणिज्य मन्त्रालयमा भएको बैठकले लटका आधारमा बुधबारदेखि तीन दिन मोटरसाइकललाई पेट्रोल दिने निर्णय गरेको हो । निगमले यो पटक पनि दिन बिराएर लट अनुसार तेल बाँड्ने भएको छ ।
६ गते बुधबार १ देखि ३० लटका मोटरसाइकलले तेल भर्न पाउनेछन् भने ८ गते शुक्रबार ३० देखि ५० लटका मोटराइकलको पालो आउने थानकोट डिपो प्रमुख जगन्नाथ घिमिरले अनलाइनखबरलाई जानकारी दिए ।
११ गते सोमबार ५१ भन्दा देखि माथिका लटका मोटरसाइकललाई तेल बिक्री गर्ने तालिका बनेको छ । मोटरसाइकललाई पाँच लिटरका दरले तेल दिइनेछ । निगमले यो पटक पनि विहान ९ बजेदेखि तेल वितरण सुरु हुने बताएको छ । यसका लागि अघिल्लै दिन पम्पहरुमा तेल पुर्याइने प्रमुख घिमिरेले बताए ।
तेल झारेपछि बिहान ९ बजेसम्म पम्पहरु सिल गरिनेछ । तेल लिन नवीकरण भएको ब्लुबुक अनिवार्य गरिएको छ । यसपटक ५ लाख लिटर भन्दा बढी पेट्रोल वितररण हुने डिपो प्रमुख घिमिरेले बताए ।
यसैगरी हप्ताको दुई दिन कालो र हरियो नम्बरको ट्याक्सीलाई तेल दिने निर्णय पनि भएको छ । निजी कार तथा जीपलाई कारलाई एक हप्ता अघि नै पेट्रोल वितरण भएको थियो ।
प्रतिक्रिया 4