+
+
Shares

बैंकिङ कसूरका दोषीलाई आजीबन जेल हाल्ने तयारी

४ माघ, काठमाडौं । बैंकिङ कसूरको सँजायलाई निकै कठोर बनाउन लागिएको छ । बैंकिङ कसूरमा दोषीलाई विगोको दोब्बर जरिवानासहित आजीबन जेल सजाय गर्न प्रस्ताब गरिएको छ । संसदमा छलफलका क्रममा रहेको बैंकिङ कसूर तथा सजायसम्बन्धी विधेयक २०७१ मा सांसदहरुले आजीबन जेल सजाय गर्न माग गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७२ माघ ४ गते १८:५३

पुष्प दुलाल

४ माघ, काठमाडौं । बैंकिङ कसूरको सँजायलाई निकै कठोर बनाउन लागिएको छ । बैंकिङ कसूरमा दोषीलाई विगोको दोब्बर जरिवानासहित आजीबन जेल सजाय गर्न प्रस्ताब गरिएको छ ।

संसदमा छलफलका क्रममा रहेको बैंकिङ कसूर तथा सजायसम्बन्धी विधेयक २०७१ मा सांसदहरुले आजीबन जेल सजाय गर्न माग गरेका छन् ।

Banking-kasurतत्कालीन अर्थमन्त्री डा. रामशरण महतले ०७१ चैतमा संसदमा दर्ता गरेको विधेयकमा गरिएको जेल सजायको प्रस्ताब कम भएको भन्दै सांसदहरु प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले, अनुराधा थापामगरले एक अर्ब रुपैयाँभन्दा बढी ठगी गर्नेलाई आजीबन जेल हाल्नुपर्ने संसोधन प्रस्ताब दर्ता गराएका छन् ।

मन्त्री महतले एक अर्बभन्दा बढी ठगी गर्नेलाई ८ देखि १० वर्षसम्म जेल हाल्नु पर्ने प्रस्ताबसहितको विधेयक संसदमा दर्ता गराएका थिए ।

संसोधन प्रस्ताब दर्ता गराउने १२ सांसदहरुमध्ये अधिकांसले बैंकिङ कसूका दोषीलाई हुनुपर्ने जेल सजाय बढाउन माग गरेका हुन् । सांसदहरुले ३३ वटा संसोधन प्रस्ताब दर्ता गराएका छन् । सांसदहरू रामनारायण बिडारी, इच्छाराज तामाङ, यज्ञराज सुनुवार, भिष्मनाथ अधिकारी, उदय नेपाली श्रेष्ठ, गणेशकुमार पाहाडी, श्याम श्रेष्ठ, रेवतीरमण भण्डारी, जनार्दन ढकाल, शिवजी यादब, प्रेम सुवा, डिल्ली काफ्ले र अनुराधा पोखरेलले संसोधन प्रस्ताब दर्ता गराएको अर्थ समितिले जनाएको छ ।

व्यवस्थापिका संसदको अर्थ समितिमा आगामी केही दिनमै बैंकिङ कसूर तथा सजाय सम्बन्धी विधेयकमाथि छलफल गरी टुंगो लगाईने समितिका सभापति प्रकाश ज्वालाले अनलाइनखबरलाई बताए । यो विधेयक पारित भएर एेनको रूप लिएपछि बैंकिङ कसूर तथा सजाय सम्बन्धी एेन २०६४ खारेज हुनेछ।

कस्तो दोषीलाई कस्तो सजाय ?

सांसदहरुले १० लाख रुपैयाँभन्दा बढी ५० लाख रुपैयाँसम्म विगो भए पाँच वर्षसम्म जेल सजाय हुनुपर्ने प्रस्ताब गरेका छन् । अर्थमन्त्रीले विधेयकमा यस्तो कसूरमा तीन वर्ष जेल सजायको प्रस्ताब गरेका थिए ।

त्यसैगरी, ५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्म विगो भएमा ८ देखि १० वर्षसम्म जेल सजाय हुनुपर्ने सांसदहरुको प्रस्ताब छ । विधेयकमा ३ देखि ४ वर्षसम्म जेल सजायको कसूर तोकिएको थियो ।

त्यस्तै, १ करोड देखि १० करोडल रुपैयाँसम्म विगो भएमा १२ देखि १५ वर्षसम्म जेल सजाय गर्नुपर्ने सांसदहरुको प्रस्ताब छ । विधेयकमा यस्तो कसूमा ६ देखि ८ वर्षसम्मको जेल सजाय तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?